धेरै जस्तो मानिसको विद्यार्थी जीवनमा पहिलो माया सुरु भएको हुन्छ। त्यस्तै गरी एक सुन्दर प्रेम जोडी थिए, उनीहरुको माया कथा ८बाट सुरु भएको हो । उनीहरू स्कुलमा एकै कक्षामा पढ्थे, स्कुल जादा र घर आउँदा सँगैँ जान्थे । ती जोडीको, आहा, बयान गर्न नैँ गहारो छ ।
बिस्तारै बिस्तारै ठुला हुदैँ गए, झन झन माया गाढा हुँदै गयो ।
एक दिनको कुरा हो, केटी धेरै बिरामी हुन्छे र बिहान स्कुल जानको लागि केटो गेट बाहिर कुरिरहेको हुन्छ । केटी बाहिर नआएपछि ऊ केटीको घरभित्र गएर केटीको छेउमा बस्छ, अनि भन्छ…
#केटा : ओइ, मलाई किन नभनेको सञ्चो छैन भनेर हँ ।
#केटी : मैले त हजुर, स्कुल जानु भाको होला, पछि भनुला सोचेको थे ।
#केटा (केटीको हात समाउँदै अनि आँखामा आसु टल्किदै) : अहिले अस्तो छ र आमाबुवा खैँ ?
#केटी (मधुरो स्वरमा) : हजुर आउनु भो, अल्ली आराम भो, आमा र बुवा जरुरी कामले बाहिर जानुभएको छ।
केटो आफ्नी प्रेमिकालाई अस्पताल लगी औषधी लाय्याउन्छ, अनि भान्सामस गएर खाना पकाएर खुवाउँछ…. केटीको आँखाबाट आशु आउँछ, केटा आशु पुच्छ र (सुरिलो स्वरमा) म छु नि किन रोएकी लाटी ❤ किन रुन्छौ ?
केटो अनि केही समय पछि घरतिर लाग्छ । गाउँ घरतिरको कस्तो बातावरण हुन्छ थाहा नै होला, सानो कुरालाई ठुलो बनाउने ।
केटीको आमाबुवालाई केटो आएको कुरा भन्छन् र केटीलाई घर मित्रबाट बाहिर आउन बन्द गरी दिन्छन् । यो कुरा केटा थाहा पाउन्छ र उसको घर गएर भन्छ,”बिन्ती छ मेरी सानुलाई मबाट अलग नगर्नु । म उसलाई धेरै माया गर्छु, उसको आँखामा आशु आएको हेर्न सक्दिन । किन हजुरहरुले हाम्रो मायामा यस्तो गर्नुहुन्छ। म उसलाई सधैं खुसी राख्छु । हाम्रो मायामा बाधा नबन्नुस् ।”
यो कुरा सुनेर र केटाको आँखामा आँशु देखेर कसैले मन थाम्न सक्दैनन्। केटा र केटीले नयाँ जीवन सुरु गर्ने सल्लाह गर्छन् र दुइटैका आमाबुवा मञ्जुर हुन्छन्।
बिहेको तयारी हुँदै थियो, दुईटै परिवारमा खसीको माहोल थियो । तर यो भगवानको लिला पनि बडा गजबको रहेछ, साचो माया गर्नेहरुको खुसी हेर्न नसक्ने ।
एक दिनको कुरा हो, केटी बिहेको समान लिएर बसमा यात्रा गर्दै थिइन् । अचानक बस नदीमा खस्छ र केटीको मृत्यु हुन्छ । यो कुरा सुनेपछि केटो एक पलको लागि पागल भए जस्तो हुन्छ । अस्पतालबाट लास घर ल्याएपछि केटाले आफ्नो हुनेवाली दुलहीको लास मन थामी हेर्छ । तर मनै त हो, कति थामिन्थ्यो र, आशु थाम्नै सकेन। केटा लास नजिक गएर केटीको हात समाउदै रुन्छ,”यो दुनियाँमा मलाई एक्लै किन छोडेर गयौँ, मैले धेरै सपना देखेको थिए तिमीसँग जीवन बिताउने तर भगवानले मेरो खुशी देख्न चाहेन ।”
ऊ प्रेमिका मरेको दुखले २,३ दिनसम्म पागलको जस्तै एक्लै कोठामा बस्थ्यो ।
एक रात सपनीमा आउन्छिन् र केटालाई भन्छन् ” मलाई माफ गरी देऊ प्रिय मैले यो जुनीमा तिमीलाई साथ दिन सकिन, म अभागीरहेछु तिमीसँग जीवन बिताउन पाइन । अब तिमी नयाँ जीवनको सुरुवात गर, म तिम्रो साथमा छैन भनी नसोच्नु यो जुनी त यस्तै भो अर्को जुनीमा तिम्रो हुनेछु ।”
तर के गर्नु माया त माया हो नि मरेर त शरीर पो जान्छ यादहरू त हुन्छन् । त्यही यादहरूले उसलाई सताई राख्छन् दिनरात । आमाबुबा आफ्नो छोरालाई दुखी भएको हेर्न सक्दैन् र नयाँ जीवनको सुरु गर्न भन्छन् । केटो धेरै प्रयास गर्छ र आफ्नो प्रेमिकाको माया र यादहरू कैँ सहारामा नयाँ जीवनको सुरुवात गर्छ ।
“सुन्नेलाई सुनको माला, भनेलाई फुलको माला”
लेखक: अनमोल विष्ट
कञ्चनपुर, नेपाल (सुन्दर सुदुरपश्चिम)
https://www.facebook.com/anmo154/

कृपया मेरो Facebook Page {
कृपया मेरो Facebook Page { Anmol Bist } मा गएर अरु कथाहरु पनि पढ्नुहोला र page like गरिदिनुहोला गरिदिनुहोला ।। धन्यवाद ।।