Skip to content

श्रीमती हराएको मान्छे !


लौ घरको ठेगाना त छ
तर मेरो मान्छेको ठेगान् भएन

मुहार चन्द्रमा जस्तो छ
कुनै बादलले पो छेक्यो कि ?
पात्रो हेर्ने भ्याएको थिएन
कतै औँशीको दिन पो पर्यो कि ?

खोजी राखेको छु
भेटेको छैन
रिपोर्ट गरेको छु
समाचार आएको छैन
पत्रिकामा छापेको छु
खबर पाएको छैन

उसको आँखा राम्रो छ
हेराइ चैं कुन्नि
कान मिलेको छ
सुनाइ चैं कुन्नि
मुख त झनै राम्रो छ
बोलाई चैं कुन्नि

बयान गरेको थिएँ
यसरी विस्तारमा..
नपाउने त शङ्कै थिएन

खबर आयो चारै तिरबाट
सबैको एउटै कुरो थियो
कसैले सान्तवना भने दिएनन्
कसैले त गरे गाली डाहाले
कसैले दिए बधाई अनि
कसैले दिए सुझाव

भन्थे, किन खोज गर्दैछौ ?
हामीलाई घरमा भएकोले
कत्ति धेरै शोक छ
बरु देऊ भोज
तिमीलाई त मोज छ।
तिम्रो श्रीमती त खै कुन्नि
लान्छौ भने मेरै लैजाऊ बरु
बयान एकदमै मिल्दो जुल्दो छ।

(यो काल्पनिक भए पनि कसैलाई झुक्किएर मिल्न गएमा.. खुच्चिङ्ग, खुच्चिङ्ग खुच्चिङ्ग!)

Leave a Reply

Your email address will not be published. Required fields are marked *