ब्रह्माण्ड धेरै ठुलो छ । ब्रह्माण्डभित्र धेरै रहस्यमय कुराहरू लुकेका छन् । ब्रह्माण्ड आफैं एक रहस्य हो ।.यसको अन्त छैन । यो अनन्त छ । ब्रह्माण्डभित्र अनन्त आकाशगंगा अनन्त ग्रहहरू र असीमित ताराहरू छन् तर हामी केवल एउटा ग्रहको बारेमा जान्छौं, जसमा जीवन छ । हो यो पृथ्वी हो । तर अन्य ग्रहहरू पनि छन् जुनमा जीवन हुनसक्छ ।
यो ३०औँं शताब्दी हो । यहाँको प्रविधि एकदम उन्नत छ । यस युगमा व्यक्तिले हातले काम गर्नुपर्दैन । सबै कामहरू तिनीहरूका सहायक रोबोटहरूद्वारा गरिन्छ । यहाँको रोड, बस रोबोटिक उपकरणहरूले भरिएका छन् । जस्तो मैले उल्लेख गरें मानिसका सबै काम रोबोटद्वारा गरिन्छ । त्यसो भएर मानिसहरूलाई काम गर्न बाहिर जानु पर्दैन । सबै मानिसहरू आफ्नै घरमा कैदमा परेजस्ता छन् । विद्यार्थीहरू केवल १२ वर्षमा रोबोटिक उपकरणहरूको साथ स्नातक गर्दछन् ।
यहाँ बच्चाहरूलाई खेल खेल्न अनुमति छैन । स्नातकपछि बच्चाहरू यस युगलाई अधिक वैज्ञानिक बनाउन अँझ उन्नत प्रविधि अपनाउन बाध्य छन् । कसैलाई पनि उनीहरूको नियम र कानून तोड्न अनुमति छैन । यदि कुनै नियमहरू तोडिइन्छ भने तिनीहरूलाई अपराधअनुसार रोबोटिक उपकरणहरूले यातना दिइन्छ । त्यसैले यहाँ सबैजना मेसिनको रूपमा काम गर्छन् ।
व्यक्ति आफैले खाना खानुपर्दैन । उनीहरूले चाहिने खनिज, प्रोटिन र भिटामिनको एक क्याप्सुल दिइन्छ । यहाँका वयस्कहरूले आफ्ना भावनाहरू बिर्सेका छन् । तेह्र पुगेपछि किशोर किशोरीलाई बाँझ बनाएर उनीहरूलाई उनीहरूको काममा केन्द्रित गर्दछ । यहाँ संसार बच्चाहरुको लागि एक डरलाग्दो रातको सपना जस्तै हुन्छ ।
नमस्ते म कुञ्ज हुँ । म मेरो घरबाट भागिसकें । जब म घरको बाहिर गएँ तब म एकदमै खुसी थिएँ किनकि म पहिलो पटक मेरो घर बाहिर आएको थिएँ । यस युगमा मानिसहरूलाई घरको बाहिर जान अनुमति छैन । मैले सडकका वरिपरि रोबोटहरू भेट्टाएँ । मलाई थाहा थियो कि यदि म उनीहरूबाट भाग्ने प्रयास गर्दछु भने तिनीहरूले मलाई पक्रिने छन् । त्यसैले मैले रोबोटको कम्प्यूटर ह्याक गर्ने निर्णय गरें । जब मैले रोबोटिक सिपाहीको फौज देखेको थिएँ, म पहिले डराएँ तर म बिस्तारै गएँ र मेरो कम्प्युटरबाट ती रोबोटहरू ह्याक गर्न खोज्यो तर मैले ती रोबोटहरूलाई ह्याक गर्न सकिन । अचानक उनीहरूले मलाई पछ्याउन थाले । जब मैले देखें कि म एकदमै छिटो दगुरेँ । तर तिनीहरू मभन्दा धेरै छिटो थिए । त्यसैले म तिनीहरूबाट भाग्न सकिँन । तिनीहरूले मलाई चारैतिरबाट घेरा हालेका थिए ताकि म कुनै ठाउँमा जान नसकुँ । मैले मेरो आशा हराइसकेको थिएँ । मलाई के गर्ने थाहा थिएन । अचानक सबै रोबोट बेहोश भए । यो रोबोटिक टेक्नोलोजीवाट भाग्न धेरै गाह्रो थियो ।
मैले माथि हेर्दा एउटा उल्का झर्दै गरेको देखें । मैले त्यो उल्कालाई पछ्याएँ । त्यो जङ्गलमा उत्रियो । मैले पढेको थिएँ कि हजारौं वर्ष पहिले त्यहाँ जंगली जनावरहरू बस्ने गर्थे । तर म निर्भय भएर उल्काको अगाडि गएँ । उल्का वास्तवमा अन्तरिक्ष यान थियो । मैले अन्तरिक्ष यान देखेपछि म छक्क परें । मैले सोचे कि सुन्दर अन्तरिक्ष जीव बाहिर आउनेछन् तर अन्तरिक्ष जहाजबाट मैले एक रहस्यमय जीव निस्किरहेको देखें । त्यो जीवको बाघको अनुहार, हऋणको खुट्टा र शरीर मानव शरीरको थियो । म डराएको थिएँ त्यसैले म झाडीहरूमा लुकेँ र यसलाई ध्यानपूर्वक हेरिरहेको थिएँ । रहस्यमय जीवले माथि हेर्यो र ताराहरूमा घोरिएर हेर्यो । अचानक यो मेरो पछि लाग्यो मैले यसबाट भाग्ने कोसिस गरें तर म बेहोश भइसकेको थिएँ ।
जब मैले मेरो आँखा खोल्दा मैले मेरो दिमाग रहस्यमय जनावरले पढिरहेको देखें । जब मैले देखें कि मैले यसलाई धक्का दिने प्रयास गरेँ रहस्यमय जनावरले मेरो शरीरलाई जाम गरेर रोक्यो र म सुतिरहेको रहेछु । जब मैले मेरा आँखा खोलेँ तब मैले आफूलाइरहस्यमय संसारमा भेट्टाएँ । यो अनौठो संसार रहस्यमय चीजहरूले भरिएको थियो । यो गुलाबी हुस्सु, पहेंलो हिउँ र रातो असिनाको थुप्रोले ढाकिएको थियो । मैले पढेको थिएँ कि हजारौं वर्ष पहिले यी चीजहरू सामान्य थिए तर अहिले होइन ! किनकि ती अहिले विलुप्त भइसकेका थिए ।
अचानक रहस्यमय जीव देखा पर्यो । मैले निर्धक्क भएर भनें, “म मानव सबैभन्दा उन्नत र बुद्धिमान जीवित प्राणी हुँ, जो तपाईं बाघको अनुहार र हऋणको खुट्टा भएको जीव हुनुहुन्छ ।”
त्यो जीव मानवमा पऋणत भयो र भन्यो, “कस्तो छ कुञ्ज ? म ‘ब्यालुना’ हुँ ।”
जब मैले सुने कि म अचम्भित भएँ र डराएको पनि थिएँ । यसैले मैले यसबाट भाग्ने कोसिस गरें तर म डरले चिसो भइन ।.मैले याद गरे कि उनले मलाई सम्मोहन लाइरहेका थिए । त्यो जीवले भन्यो कि तपाईंले मसँग डराउनुपर्दैन । म तपाईको छिमेकको आकाशगंगाको हुँ । म तपाईंको आकाशगंगाको विगत २००० वर्षदेखि अनुसन्धान गर्दैछु । मैले भने कि मलाई सम्मोहन गर्न रोक्नुहोस् । यो अवश्य मेरो सपना हुनुपर्दछ । कसरी अन्य ग्रहको जनावरले मेरो मातृभाषा कुरा गर्न सक्दछन् ?
त्यो जीवले मलाई सम्मोहन गर्न बन्द गर्यो र भन्यो कि यो तपाईको सपना हो जुन मैले तपाईंसँग कुराकानी गर्न सिर्जना गरेको छु । म अँझै पनि डराएको थिएँ तर मसँग अन्य कुनै विकल्प थिएन ।
त्यसैले मैले भनें “मैले सोचें त्यहाँ एउटा मात्र ग्रह छ जसमा जीवन रहेको छ ।”
रहस्यमय जीवले उत्तर दियो कि “यस सम्पूर्ण ब्रह्माण्डमा धेरै प्रजातिहरू छन् र म तिनीहरूमध्ये एक हुँ । त्यहाँ अनन्त ग्रहहरू छन् जसमा जीवन छ ।”
तब मैले भनें कि “यदि त्यहाँ धेरै ग्रहहरू छन् जसमा जीवन छ भने हामी किन मानव जातिले विभिन्न ठाउँहरूको यात्रा गरेपछि पनि तिनीहरूलाई भेट्टाएनौं । अहिलेसम्म मैले बुझिसकेको छु कि मानिस सबैभन्दा विकसित र बुद्धिमान प्राणी होइन ।” त्यसो भए मैले भनें कि “म तपाईंलाई कसरी देख्न सक्छु ब्यालुना ?”
रहस्यमय जीवले उत्तर दियो “किनकि म तपाईंलाई मेरो अनुहार देखाउन चाहन्छु ।”
मैले सोधें “मानवको बारेमा तपाईको विचार के छ ?”
रहस्यमय जीवले जवाफ दियो कि “मानिसहरू सामाजिक प्राणीहरू हुन् जसलाई हामीले विगतमा सम्पर्क गरेका थियौं ? समय बित्दै जाँदा मानिसहरू धेरै क्रूर हुन थाले । जब तिनीहरू क्रू्र भए, तिनीहरुले विवेक विर्सिए हाम्रो उनीहरूसँगको सम्पर्क टुट्यो । मानिसहरू हरेक सय वर्षमा आफ्नो प्रविधि अधिक उन्नत बनाउँदै छन् तर यसकोभन्दा मेशीन जस्तै छिटो आफ्नो विवेकशील चेतना विर्सिदै पनि गए ।”
मैले यो कुरा सुनिसकेपछि म एकछिन फेरि अचम्भित भएँ र त्यसपछि मैले भनेँ कि “ठिक छ म तपाईंलाई अनुसन्धानमा मद्दत गर्दछु । रहस्यमय जीव व्यालुनाले मलाई केही ससाना ढुङ्गाहरू अविष्मरणीय सम्झनाको चिनोका रुपमा दियो ।
व्यालुना अचानक ठुलो स्वरले चिच्च्यायो, “अहिले जाने समय भइसकेको छ ।” त्यसपछि मैले बिस्तारै आँखा खोल्न समर्थ भएँ र मेरो आफ्नै कम्प्युटर टेबुलमा मैले आफ्नो सशरीरलाई पाएँ । मलाई लाग्यो कि यो केवल एक सपना हो तर जब मैले आफूलाई सबै जाँच गरेँ, मैले आफ्नो खल्तीमा व्यालुनाले यादगारका रुपमा दिएको ती ससाना केही ढुङ्गाका टुक्राहरू फेला पारेेँ । मैले सोच्न थालेँं कि मेरो यो व्यालुनासँगको भेट रातको घोडाको सपनाको हो कि अथवा विपनाको ?
२०७७ कार्तिक २
प्रभात सुवेदी
कुलेश्वर, काठमाडौँ
Mysterious creature
By Prabhat Subedi
The universe is very big .Inside the universe many mysterious things are hidden .The universe itself is a mystery .It does not have end. Inside the universe there are in infinite galaxies infinite planets and infinite stars but we know about only one planet which has life in it. Yes it is earth. But there may be other planet which may have life in it.
It is 30th century the technology here is of very advanced. In this age people do not have to work manually. All the work is done by their assistant robots. The road here is just filled with robotic devices. As I mentioned all the works of humans are done by robots. So people do not have to outside to work. All the humans are like captured in their own house. The students are just graduated in 12 years with the help of robotic devices. The children here are not allowed to play games.
After graduating children are forced to make more advanced technology to make this age more scientific. No one are allowed to break their rules and regulations. If any regulations are break then they are tortured by robotic devices. Everyone here work like a machine.
People do not have to eat food manually .They just take one capsule of protein and vitamin they need. The adults here have forgotten their emotions. After reaching thirteen the teenager are sterilized to make them focus on their work. The world here is like a horror night mare for children.
Hi I am Kunja I had ran from my house. When I went outside of my house I was very happy because I had came first time outside of my house. In this age people are not allow to go out side of their house. I found various robots roaming around the road. I knew if I will try to escape from them they would arrest me So I decided to hake robot computer. When I saw troops of robotic soldier I was scared at first but I went slowly and tried to hake those robots from my computer but I could not hake those robots .Suddenly they started following me .When I saw that I ran very fast. But they were faster than me. So I could not escape them. They circled me from every side so I could not go any were. I had lost my hope. I did not know what to do .Suddenly all the robots fainted. It was very hard to escape from robotic technology.
When I saw upward I saw a meteor was falling. I followed that meteor .It landed in the jungle. I had read that thousands of years ago there used to live wild beast. But I went fearlessly in front of meteor. The meteor was actually a spaceship. When I saw the spaceship I was amazed. I thought cute space being will come out but from space ship I saw a mysterious beast came out. It had face of tiger leg of deer and body of human. I was scared so I hide in bushes and watched it care fully. The mysterious beast watched upward and admired at stars. Suddenly it followed me I tried to run from it but I fainted.
When I opened my eye I saw mysterious beast reading my mind. When I saw that I tried to pushed it mysterious beast jammed my body and asleep me. When I open my eyes I found myself in mysterious world .The mysterious world was filled with unseen things. It was covered with pink fog, yellow snow and red hail stone. I had read that thousands of years ago these things were common but not now because they are extinct.
Suddenly mysterious beast appeared .I said confidently ‘ I am human most advanced and intelligent living being who are you beast with tiger face and deer leg. ‘ The beast transformed into human and said that hi Kunja I am balloon .When I heard that I was socked and scared. So I tried to run from it .But I cold not move .I noticed he was levitating me. The beast said that you do not need to afraid of me. I am the being of your neighborhood galaxy. I am researching on your galaxy from past 5000 years. I said that stop levitating me. It must be my dream .How can the beast of other planet talk my mother tongue.
The beast stopped levitating me and said it is a dream of yours which I have created to communicate with you. I was still afraid but I did not had any other option so I said ‘I thought there is only one planet which has life in it. The mysterious beast replied no there are many species in this whole universe and I am one of them. There are infinite planets which have life in it. Then I said if there are many planet which has life in it then why we humans have not discover them after traveling different places .The beast replied normal humans can not see us. Till now I had understood that humans are not most advanced being. Then I said that how I can see you Beast replied because I want to show you my face. I asked what is your thought about humans? The mysterious Beast replied The humans are social beings which we had contacted in past? As time past humans started to be more cruel. As they became cruel we lost the connection with them. The humans are making their technology more advanced in every hundred years but getting like machine more fast than it. After listening that I was socked then I said that ok I will help you in researching. The beast gave me some stone and yelled it is time to go. I slowly open my eyes I found my self in my house. I thought it is just a nightmare but when I checked I found piece of stone Which balloon had given to me .I started thinking I was really in a night mare or not.
2020 OCT 18
Prabhat Subedi
Kuleshwor Kathmandu
