Skip to content

पैसाको खेती

हजुरबा ! तिमी त भन्थ्यौ नि !!
सन्तानले डाँडाकाँडा ढाकुन् भनेर
त्यस्ताे काहाँ हुन्छ र ? हजुरबा !
दुई सन्तान ईश्वरकाे वरदान
हाे हजुरबा ! अहिले, यहाँ चलन फेरिएकाे छ
सन्तान जन्माउनु अगिनै
गयब हुन्छ अामाकाे पाठेघर
अनि त्यहाँकाे भ्रुण पनि
त्यसैले त अहिले
अायातित सन्तानहरू बढेका छन्
यहाँ सबै काम उनीहरूनै त गर्छन्
जस्ताेसुकै काम पनि गर्छन् उनीहरू
मात्र दिनुपर्छ एउटा नागरिकताको प्रमाण-पत्र
हाे हजुरबा ! एउटा कागजकाे टुक्रा

हजुरबा ! भन्थ्यौ नि तिमी,
कारखाना खाेल उत्पादन गर भनेर
अहिले त त्यस्ताे केही गर्नै पर्दैन
सजिलाे छ हजुरबा ! सारै सजिलो
हामीले अाजभाेलि
सबै कल कारखाना मासेर
पैसाकाे खेतीगर्न थालेका छौँ
हामीले त खेतम
गिटी र बालुवा रोपेका छाैँ
कतै बारीमा सिमन्टीको बगैंचा लगाएका छौँ
कतै तस्करहरूकाे निकुञ्ज खाेलेका छौँ
मनग्गे उत्पादन हुँदैछ त्यहाँबाट
तिमीले जस्तो धान, मकै र काेदाे कहाँ राेप्छौँ र ? हामी ।
हामी त पैसाको खेती गर्ने मान्छे !
हाे अजुरबा ! हामी !!
पैसाकाे खेती गर्ने मान्छे !
पैसाकाे खेती गर्दैछौँ
पैसाकाे खेती गर्दैछौँ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *