आमा पनि मेरो बाबा पनि गीत
मिठो बचन जसले बोल्छ उही मेरो गीत
लेकबेसी बोल्ने गर्छ मेरो गीतभित्र
छहरा छाँगा खेल्ने गर्छ मेरो लयभित्र
हिमाल पनि गीत मेरो गुराँस पनि गीत
उकालीको वरपीपलमा छाया दिन्छ गीत
कहिलेकाहीं एक्लो भए माया दिन्छ गीत
पीर पनि गीत मेरो खुसी पनि गीत
शब्द – किरण खरेल
स्वर – उदीतनारायण झा
संगीत – सम्भुजीत बासकोटा
चलचित्र – सारंगी
