Skip to content


केटा
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ

केटी
तिमी देख्दा नवै नारी गलेर आउँछ
छातीभरी लाजैलाज भरेर आउँछ

केटा
रोकुँ भन्छु हाँसो आफै फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ

केटी
नसोची आज भावनाहरु उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ

केटा
नभनी मैले जिन्दगी मेरो तिमीमा फ्याँकेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ

केटी
हाँसखेल गर्दा मुटु नै मैले चुडाई बाँडेछु
पीरले पनि पापीको माया लागेर आउँछ

शब्द – गोपाल योञ्जन
स्वर – नारायण गोपाल, दिलमाया खाती
संगीत – कर्म योञ्जन
एल्बम – बिछोडको पीडा, संगाल घुम्टोहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *