केटा :
उर्लेर आयो साउने झरी मै छाता ओढु कि
हितैको मान्छे भेटैमा भयो मै नाता जोडु कि
केटि :
कान्छाको कपाल परेछ जुल्ठो मै कोरिदिउ कि
शीरैको राम्रो त्यो भादगाउले टोपी मै मिलाइदिउ कि
केटा:
सलल बग्ने गण्डकी कोशी छेवैमा तारे भिर
यी हात थामे जिन्दगी भरी नलिए कुनै पिर
केटि:
कृष्ण को बज्ने बासुरि राम्रो गाई चर्ने वृन्दावन
भेटैमा भाको हितैको माया चन्चले तिम्रो मन
केटा:
भाग्यको लेखा कर्मले जोखि मानै र पाथिमा
तिमी नै शुरु जिन्दगी अन्त्य जीवनसाथी मा
केटि :
ए मेरा कृष्ण म तिम्रो राधा सधै नै भरिलाइ
रङ्गाइ सिउदो सुम्पी नै सके यो जीवन हरि लाइ
केटा:
कान्छिको कपाल परेछ जुल्ठो काइयोले कोरिदिउ
लाइदेउ माया छ्पक्कै पारी कि दिलै चोरि दिउ
केटि :
पर्दैन चोर्न यो दिल भो तिम्रै तिमी मै बिलाउ कि
कान्छाको राम्रो भादगाउले टोपी मै मिलाइ दिउ कि
केटा:
कान्छिको कपाल परेछ जुल्ठो मै कोरिदिउ कि
केटि:
कान्छाको राम्रो भादगाउले टोपी मै मिलाइदिउ कि
