Skip to content

प्रेम ज्योति

म जीतु तिमी हार , यस्तो खेल नआइ दियोस
प्यासी भरी नजरले , सदा अमृत पिलाइ दियोस
म पर्खु तिमी न आउ , यस्तो गते नआइ दियोस
आउन शिशिर घनिभुत , वसन्तले सजाइ दियोस

मिलन नभै बिछोडिने ,त्यस्तो दिन नआइ दियोस
उडुन ग्रीष्म बादलहरु ,कोकिल चुरा बजाइ दियोस
म गाउछु तिमी नाच , यस्तो गीत बनी दियोस
कराए मा काकाकुल , जलधाराले सजाइ दियोस

दुख आफ्नो सुख पराइ , सुखै सुख नआइ दियोस
अँध्यारो ले छोप्छ कहिले , फेरि अर्क पलाइ दियोस
चोट लाग्दा नुन चुक छर्ने , त्यस्तो घाउ नआइ दियोस
काडा उता बिझे दुख्छ , यता मलाइ बिझाइ दियोस

आगो माथी आगै बन्ने , यस्तो यज्ञ नलाई दियोस
पानी मात्रै खल्लो हुन्छ , इन्द्रेणी ले सजाइ दियोस
म घाइते तिमी हास्ने , त्यस्तो क्षण नआइ दियोस
आउन शिशिर घनिभुत , वसन्तले सजाइ दियोस

म नै साचो तिमी झुठो , यस्तो हठ नआइ दियोस
दुख सुख आधा आधा , जिन्दगानी रमाइरहोस
रिस ईर्ष्या लोभ लालच , घमण्ड लाई घटाएर
नाचिरहुन प्रेम ज्योती , सताएर फकाएर





Leave a Reply

Your email address will not be published. Required fields are marked *