बेमोल भए पुराना याद हरु
अब अर्थहीन भए ती पुराना साथ हरु
सबै छोडेर जाँदै छु
जब भट्टि पसे बेथा लुकाउन
अनि बल्ल था भयो
सबै भन्दा महँगो रक्सी पनि पुरानै हुदा रहेछ्न
रंगहिन भए पुराना तिम्रा तस्वीरहरु
अब अर्थहिन भए ती हाम्रा लामा लामा च्याटहरु
सबै च्यातेर जाँदै छु
जब दुख पोख्न मन्दिर पसे
बल्ल था भयो सबै भन्दा मुल्यवान त पुराना मुर्ति हुदारहेछ्न
कति हतार थियो तिमि सङ्ग पिरती गास्ने
कस्तो रहर थियो तिम्रो तस्वीर प्रोफाइल पिक्चर बनाउने
साथी तर के गर्नु
धोबिलाइ हतार भयो भनेर सुर्य रातमा कहाँ भेटिन्छ र
त्यसैले रंगहिन भएका तिम्रा ती पुराना तस्वीर हरु
झुठा भए ती हाम्रा माया प्रेम का वाचाहरु
जब मेटाउन लागे ती याद हरु
बल्ल थाहा भयो यहि पुरानै याद पो जीवन हुदोरहेछ
