Skip to content

फूल को बीउ अनि हामी

माटो को मुनि दबिएर रहेका फूलका बीउ हरु आफ्नै खोल मा आराम ले सुतिरहेका थिए । समय संगै मौसम परिवर्तन भएर भारी वर्षात भयो। माटो ले पानी सोसेर जमिन मुनि रहेका बीउ हरु पानी को बहाब संगै तितर बितर भए । कति सड्न बिग्रिन थाले कति लाइ पानी ले बगाएर कहा पुर्यायो ? त्यस मध्ये को एउटा सानो बीउ ले सोच्यो म पनि यसरी नै सड्ने छु । मेरो इहलीला पनि यसरि नै समाप्त हुनेछ । मेरो पनि मेरा अरु साथीहरु को जस्तै हालत हुने छ जो पूर्ण रुप ले नष्ट भैसकेका छन् तर मलाइ मर्नु छैन मलाइ अमर हुनु छ। अब मैले नै केहि गर्नै पर्छ ताकि मा यो हालत बाट बाहिर निस्किएर अमर रहन सकुँ ।
उक्त बीउ ले भित्रै बाट हिम्मत जुटायो अनि आफु मा भएको सम्पूर्ण तागत लगाएर उसले आफ्नो खोल लाई फोड्न सफल भयो । अब उसले एउटा बीउ बाट आफुलाई बिरुवामा परिवर्तन गर्यो । जब बीउ बाट बिरुवा मा परिवर्तित भयो त्यहा रहेका तीनै हावा पानी घाम त्यहि माटो उसका अनन्य मित्र बने जसले उसको हुर्काइ बढाइमा मद्दत गर्न लागे।

       विस्तारै विस्तारै एक दिन त्यो सानो बिरुवा यति ठुलो भयो कि अब त्यो भन्दा बढ्ने उसमा सामर्थ्य रहेन उसले मन मनै सोच्न थाल्यो यसरी  नै म ठडीएर रहनु हो भने एक दिन  म अवश्य मर्नेछु अनि मेरो अस्तित्व समाप्त हुनेछ । तर म यसरी मर्न चाहान्न । म मेरो अस्तित्व लाई त्यति सजिलै समाप्त हुन् दिन्न । उसलाई अमर हुने को दृढ इच्छा ले आफुले आफुलाई प्रसून को रुपमा परिवर्तन गरिदियो ।
   प्रसून वसन्त मा भर्भराउदो भएर फुल्न थाल्यो उसको सौरभ दुर दुर सम्म फैलिन थाल्यो जसमा आकर्षित भएर अनेकौ जात का भ्रमरा अनि  पुतली हरु भुन भुनाउन लागे , उसमा लागेको फल खान बिहान देखि बेलुका सम्म पङ्क्षी हरु को समुह रमाउन थाल्यो । 
           यसरी एउटा फूल को बीउ ती पुतली , भ्रमरा अनि पङ्क्षी का माध्यम बाट  टाढा टाढा सम्म फैलियो। एउटा त्यो बीउ जसले आफ्नो  परिस्थिति संग हार नमानेर आफुले आफुलाई परिवर्तन गर्न को लागि फैसला लिएको थियो , आज उ नै लाखौ बीउ हरुको जननी भएर उसले अमरत्व प्राप्त गर्यो । 
 परिवर्तन एउटा घटना जस्तो हैन बरु यसलाई प्रक्रियाको रुप मा हेरिनु पर्छ। यो नयाँ खोज को जस्तै हुने गर्दछ। यसले हाम्रो वरिपरि को वातावरण मात्र नभई हामीलाई पनि बदल दिने गर्दछ। 

त्यसैले हामी ले संघर्ष गर्दा गर्दै हामी माथी कुनै दिन चुनौती , तनाव , परिक्षा आइपरे त्यो सानो बीउ जस्तै सकारात्मक सोच राखि अझ केही गर्ने आँट र हौसला मन मा राखेर त्यो संघर्ष को ताप र राप लाई आफू अनुकुल बनाएर अगाडी बढ्न सक्यौ भने अवश्य पनि जीवन मा आफू ले चाहेको कुरा हासिल गर्न सकिन्छ । तर यदि आफुमा केही गर्ने दृढ़ इच्छा शक्ति , चाहना अनि लगन छैन भने आफू वरपर रहेका ती नै चिज हरु ले आफू लाई कमजोर बनाउदै लग्ने छ्न ।

तपाईं स्वयं आफुले आफुलाइ कमजोर ठानेर बसिरहनु भएको छ नत्र तपाईं ले जे गर्न सक्नुहुन्छ संसारको अरु कुनै दोस्रो मान्छेले गर्न सक्दैन ।

त्यसैले जीवन मा केही पाउन का लागि केही त्याग्न हरपल तयार रहनु पर्दछ । जब सम्म तपाईं भित्रै बाट तन मन वचनले दृढ़ संकल्पका साथ तपाईं केही गर्न को लागि तयार रहनु हुन्न भय डर त्रास शङ्का जस्ता चिजहरुले तपाईं माथी हैकम गर्दै मालिक भएर बस्ने गर्दछ्न तर यदि तपाइमा भएको आत्मविश्वास ले दृढ़ संकल्पलाइ आत्मसात गरेर पाइला चाल्ने अठोट गर्नु भयो भने ती डर त्रास अनि भय जस्ता चिज हरु तपाईं अनुकुल भएर तपाइको यात्राका सहयात्री हरु राप र ताप पनि मन्द मुस्कान ले तपाइको न्यानो आलिङ्गन का लागि कुरिरहेका हुनेछ्न ।

 हताश , उदास  अनि निराश भएर फूलहरु खोज्दै एकत्रित गर्नका लागि नबस्नुस , अगाडी बढ्नुस,हिड्नुस,लम्किनुस,चम्किनुस,दौडिनुस तपाईं को बाटोमा निरन्तर 

फूलहरु फुल्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *