हावा जस्तै उड्छ बैँस तिमी आइ सम्हालिदेउ
अतालिदा भौतारिदा च्याप्प कसि अङ्गालिदेउ
फुल्छ्न फूल बगैंचा मा पुतलीको मीत देख्दा
तिम्रै झल्को आउँछ सानू परेवाको प्रीत देख्दा
तेसै तेसै बगिदिन्छ्न भावनमा लहर हरु
तिम्रो नाम लिदा मात्रै बौरी उठ्छ्न बगर हरु
कोइलीको मीठो स्वरमा वसन्त ले गीत लेख्दा
तिम्रै झल्को आउँछ सानू परेवाको प्रीत देख्दा
कानमै बजे जस्तो लाग्छ पाउजु र हातका चुरा
काउकुती ले ऐठन हुन्छ् सम्झिएमा रातका कुरा
कमेराको भित्ता अनि टल्किएको शीत देख्दा
तिम्रै झल्को आउँछ सानू परेवाको प्रीत देख्दा
रिसाएनी घुर्क्याएनी फकाउदा सम्हालिदेउ
छोरो मान्छे रुन हुन्न यत्ती बुझी अङ्गालिदेउ
दुनियाँ सङ्ग लड्दा लड्दै पाएको त्यो जीत लेख्दा
तिम्रै झल्को आउँछ सानू परेवाको प्रीत देख्दा
तिम्रा मुस्कान अधर ले छाती पोल्छ घरीघरी
चन्चले छ यो मन भित्र तिम्रै तस्वीर वरिपरि
बासुरीको मिठो धुनमा तिम्रो याद को गीत लेख्दा
तिम्रै झल्को आउँछ सानू परेवाको प्रीत देख्दा
