थाकेका हात थामी देउ भिजेका परेली पुछिदेउ
बेरङ्गी भै डुलु कति मायाको रङ्ग पोखिदेउ
थाकेका यी हात चुमिदेउ
यो मन हो मन्दिर तिम्रो लागि सुवास छरेर हासिदेउ
बेसुर भै भागु कति इन्द्रेणी घोलेर नाचिदेउ
भिजेका परेली यी पुछिदेउ
फुल्दैनन गुलाब जहाँ जहाँ मायाको विरुवा रोपिदेउ
आउ सामुन्ने हात समाउ भो नजर अब न छोपिदेउ
धड्किने मुटु यो सुनिदेउ
थाकेका पाउ लाई सोधेर उदासी लाई मुस्कान देउ
यो मन हो मन्दिर तिम्रो लागि सुवास छरेर हासिदेउ
थाकेका यी हात चुमिदेउ
धड्किने मुटु यो सुनिदेउ
