तिम्रो केश को मेहेन्दी बनेर
तिम्रो नयन को गाँजल बनेर
पाउ रहन सधै साथ साथ
तिम्रो ओठको लाली बनेर
तिम्रा पाउजुको सङ्गित सुनेर
भाग्दछ पवन तिमी लाई चुमेर
गरु कहाँ उजुरी त्यो दोषको
तिम्रो मायामा मदहोश भएर
हरदिनको शुभ बिहानी बनेर
ती केश बाट झर्ने पानी बनेर
भिजाउन पाउ ती अंग अंग
तिम्रो जीवन को सारथी बनेर
फूल जस्तै कोमल सुवास छरेर
बसुँ म मायाको माली बनेर पाउ रहन सधै साथ साथ
तिम्रो सिँउदो को लाली बनेर
