Skip to content

दिव्योपदेश

यी हाम्रा भाषाका काव्य सरिता
मिठा मिठा छ्न्द अच्युत सविता
जो पिउछ ज्ञान अमृत रसाइ
उहि बाच्छ नभमा हास्दै रमाइ

फोडेर पहाड भागिरथी बग्छ्न
ढुङ्गा र पानीले जब दुख पोख्छ्न
पाणीनी कोर्दै देवकोटा लेख्छ्न
सुधारस पिउदै अप्सरा नाच्छ्न

पल पल हरपल वेदका ऋचा
कुनै पाना छैनन् उचा र निचा
कादम्ब भगिनी उच्च बिचारी
छाडेर उष्ण पिउ मीठो छहारी

अय निज निज दुख को भारी
चर्म चक्षु द्वार पङ्ख उघारी
खोलेर अञ्जुली कोकिल बोली
हास्दछ अम्बंर इन्द्रेणी घोली

खोजेर काव्य पढ लाख लाख
सद् बुद्धि  लिइ सुधारस चाख
धर्म अधर्म ज्ञान होस भाती
अयांश फैलियोस अँध्यारो राति

बुझेर नभ यो धिप धिप ज्योती
आँसु मा डुब्दछ्न हिरा र मोती
कविले कोर्दैछ ज्ञात जगतको
तेरो र मेरो हो ब्यर्थ फगत को

अभ्यादी रंगले तन मन सजाउ
उठ आर्तहरु को मलम लगाउ                                      चियाँउ जगतको वारि र पारी 
खोलेर दिलको दैलो उघारी                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *