Skip to content

निर्मोही माया

बदलिए रात हरु बदलिए बात हरु
गोधूलि को घुम्टो ओढ्ने बदलिए साथहरु

मेरो माया मेरो धरती आकास भन्दा टाढा भयो
प्रियसिका याद हरु बल्झाउने काडा भयो

बदलिए रात हरु…..

मेरो माया मेरो विश्वास निर्मोही लाई खेल भयो
निष्ठुरी का याद हरु बिझाउने नेल भयो

सातै जनम सङ्गै जिउन कसम खाने रात हरु
गोधूलि को घुम्टो ओढ्ने बदललिए साथहरु

बदलिए जुनकीरी बदलिए रातहरु
बदलिए मधुशाला बदलिए साथ हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *