फुलहरु लजाइ दिन्छ्न तिम्लाइ हेरि हेरि
जुन तारा झरिदिन्छ्न तिमी हास्दा खेरी
साँचु भन्छु तिम्रो माया राखु जुनि जुनि
वास्ना दिने फूल हरु मा चमेली हौ तिमी
इन्द्रेणी ले पोतिएर खेल्छिन उनी होलि
लजाउछे लज्जावती छुदा उनको बोली
सजाएर राखुँ भन्छु चोखो तिम्रो माया
तेइ माया मा देख्छु म त मात्र तिम्रै छाया
आइदेउ सजाउन जीवन यो मेरो
तिमी बिना अपुरो छ सबै सेरोफेरो
लुकाएर कहाँ राखुँ मुटु भित्र राखुँ
तिमी लुक्ने धड्कन लाई मैले मात्रै देखुँ
कोइली र गौथली ले गाउछे हाम्रो गीत
तेइ गीतमा नाचिदिन्छ हाम्रो माया प्रीत
सजाएर कहाँ राखुँ यो आँखा मा राखुँ
तिमी लुक्ने नानी लाई मैले मात्रै देखुँ
