Skip to content

होली

सरर र सरर र
जोगिरा सरररर
होली रे

सरर र सरर र आयो रे होली आयो
सरर र सरर र आयो रे होली आयो

इन्द्रेणी को रंग चुडी हास्यो धरती
छरिएका उमंग ले भिज्यो पिरती
रङ्ग छरि वसन्तले ल्यायो पिचकारी
सरर र सरर र आयो रे आयो होली

जोगिरा सरर र

आउ नाचौ रङ्ग खेलौ दिलै खोलेर
हासेको छ पूर्णिमा खुब रङ्ग घोलेर
रातो निलो हरियो र पहेलो त्यो रङ्ग
त्यै रङ्ग मा मातिएर खुसी र उमंग

जुन तारा रङ्ग बोकि धरतीमा आयो
सरर र सरर र आयो रे होली आयो

सूर्यको त्यो लाली चोरी चुल्ठो सजाउ
चाँदनी को रङ्ग भरी प्रीति फिजाउ
पिपलु ले वस्त्र फेरि नयाँ साल आयो
सरर र सरर र आयो रे होली आयो

जोगिरा सरर र

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *