Skip to content

म तिमी भित्रै छु

सावधान !!!!
म तिमी भित्रै छु
तिम्रा हरेका पाइलामा
तिम्रा धड्किने धड्कन देखि
टिकटिक टिकटिक घुम्ने भित्ते घडी मा
महिना बित्ना साथ पल्टिने
बर्ष फेरिना साथ फ्याकिने
क्यालेन्डर का पन्नाहरुमा
तिम्रा माया र छाया का सुस्केराहरुमा
हो म तिमी भित्रै छु
म मौनता मा अल्झिन्छु
प्रेममा रुझ्दै ओत लाग्छु
क्रोधमा विस्तीर्ण फैलिन्छु
चेतनामा सललल बग्दछु
त्यसैले आँखा छोडेर चस्मा नखोज तिमी
म हुनु को महसुस गरेर
मेरो आत्मबोध गर
हो म हराएको छु तर स्वतन्त्र छु
तिमी लाई नै खोज्दै भौतारिरहेको छु
अमावश्यका काला अधेरी रातहरुमा
पुर्णिामा का चमचमकदार रातहरुमा
बोलाउ सुप्तताले अनि स्वीकार अब                               म तिमी भित्रै छु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *