Skip to content

लालु मै

पिपल पाते ओठ माथी हल्का कालो कोठि
त्यही रुपैले लठ्ठै पार्यो चियाउछु सयौ चोटि
बुढा सुब्बा लालु मै सङ्ग सङ्गै घुमौला
प्रेम ज्योति लालु मै नाम पनि लेखौला

कुखुराको रातो भाले बिराली को म्याउ
एकोहोरो माया मीठो छोडी कहाँ जाउ
पानी पर्यो लालु मै पानधारे धरर
जाउला माया लालु मै भेडेटार सरर

कानमा झुम्का हातका चुरा आसामेली फुलि
लाउला माया जुगै जाने नजानु है भुली
काफल पाक्यो लालुमै बन पाखै ढाकेर
जीवन बिताउ लालु मै पिरती साटेर

सिक्किम जाउला दार्जिलिङ र कालेम्बोङलाई हेरि
पिरतिको गीत गाउला भाका फेरि फेरि
तिमी बाहेक लालु मै मेरो पो को छर
समाउ हात लालु नमाने है डर

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *