असोज १६, विराटनगर । कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक दोस्रो संस्करण अनलाइन प्रकाशित भएको छ । कवि नवराज सुब्बाको उक्त ग्रन्थको अंग्रेजी अनुवाद ‘सेल्फ रिफ्लेक्सन एट दि मोमेन्ट’ पनि बजारमा संगै आएको छ । दुवै ईबुक अनलाइनमा उपलब्ध छन् ।

कवि सुब्बाको यो सातौं काव्यकृति हो । सङ्ग्रहभित्र पाँच दर्जन कविताहरू रहेका छन् । करिव एक दशक अवधिमा रचिएका सुब्बाका कविताभित्र विभिन्न स्वादका छन् । कवितामा उनले जीवन र जगतसित अन्तरक्रिया गरेका छन् । मुन्धुम, मातृभाषा, लिपि र सांस्कृतिक महिमालाई मस्काइदिएका छन् । कवितामा जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश पनि छरेका छन् । कवि काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना हेर्ने एक समकालीन पात्रको रूपमा आफूलाई पाएको बताएका छन् ।
उक्त ई–बुक हरू ‘हाम्रो आईडिया’ विराटनगरले प्रकाशित गरेको हो । दुवै विद्युतीय पुस्तक अनलाइनमा नि:शुल्क उपलब्ध छन् ।
