Skip to content

काेराेना संसार                                 
टीका मिलन
छन्द:- शिखरिणी
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
             १
डडेलोझैँ सल्क्यो हुरुरुरु बल्यो विश्वभरमा  ।
अहो ! कस्तो पापी मरण कतिकाे हुन्छ नि यहाँ ।।
स्वदेशीहुन् वा ती स्वजन घरका बालकहरु।।
विदेशीहुन् सारा अतिथि बटुवाहुन् अरु अरु।।
             २
सबै एकाम्मेछन् कहर यसकाे मार कतिहाे।
सबैका आ-आफ्नै बहस अथवा तर्क जति हो।।
न  हेर्दा देखिन्थ्यो नत अब यहाँ चिन्छ कसले ? 
स्वयम् आफैं  हेथेँ  वरपर कतै लाेचन मिले।।
              ३
न पड्किन्थ्यो केही बम र विजुली बारुद कतै।
मरेकाछन् मान्छे असर यसको युद्ध जतिकै।।
निकाल्यो कल्ले याे किन र कसरी जैविक कला।
कसो गर्दा निस्क्यो सहज यसरी युद्ध तगडा ?
              ४
धनी खै को को हुन् ? गरिब कुन हाे राष्ट्र नछुटी।
सबै एकाम्मेछन् मुलुक अथवा मानिस जति।।
लग्यो भन्छन्  धेरै घरघर पसी मानव सबै।
लग्यो मान्छे थुप्रै सहज कसले हाँजिर नभै ?
             ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *