जसरी वर्षातले उर्वीलाइ चुमेर
जीवन भरिदिन्छ
पुतलीले फूललाई चुमेर
सुवास छरिदिन्छ
झुम्काले गालालाइ चुमेर
सौर्न्दर्य छरिदिन्छ
त्यसरी नै झरना नदिमा झरेर
पत्थरलाई चुमिदिन्छ
हो तिमी पनि तेसरी नै चुमिदेउ मलाइ
जसरी
इन्द्रेणीले पृथ्वीलाई चुम्दछ
पर क्षितिजमा
जसरी आकाशले पृथ्वीलाई चुम्दछ
