Skip to content

भीड नै हो अक्षुण्ण शक्ति,
भाग्यविधाता पनि।
छाडापन नै स्वतन्त्रता हो,
सर्वेसर्वा हामी।

तोडफोड र आगजनीलाई
मौलिक हक मानी,
ध्वस्त पार्छौँ संरचना,
बहादुर हौँ हामी।

नकारात्मकता परम धर्म,
विष ओकल्ने बानी,
सामाजिक सञ्जाल अदालत हो,
खरो वकिल हामी।

दोषारोपण गर्नैपर्छ,
खराब सबै प्रणाली,
कर्तव्य हामीलाई थाहा छैन,
अधिकारवादी हामी।

लहलहैमा बम्किन्छौँ,
तथ्य केही नजानी,
आफ्नो कान नछामेरै,
काग लखेट्ने हामी।

हाम्रै विचार शाश्वत हो,
सर्वश्रेष्ठ हामी,
काइदा–कानुन केही होइन,
सर्वज्ञानी हामी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *