Skip to content

बादलपारी जननी

मेरो जननी तिमी छौ बादल पारी त्यहाँ,

तिम्रै यादमा म तड्पिरहे छु पृथ्वीमण्डलमा यहाँ।

तिम्रो काखको न्यानो खोज्छ यो मन बिरानो,

आँसुले भिज्छ हरपल मेरो नयनको काना।

सानी छँदा सुताउँथ्यौ काखमा राखी लोरी गाएर,

भोक लाग्दा आफैँ भोकै बसेर खुवाउँथ्यौ माया बाँडेर।

आज त्यही काख टाढा छ, म भने परदेशी बनेर,

के गरोस् यो मन तिमीबिना यहाँ अँध्यारो बनेर।

बादल गर्जन्छ, वर्षा झर्छ, सम्झना बग्छ उस्तै गरी,

तिम्रो नाम लिँदा ओठ काम्छ, आँखा रसाउँछ भित्रै गरी।

फर्केर आऊ एकपल्ट आमा, एकपल्ट मलाई हेरी,

जिन्दगीको यो बाटोमा तिम्रै आशिर्वाद चाहियो फेरी।

मेरो जननी तिमी छौ बादल पारी त्यहाँ,

तिम्रै यादमा म तड्पिरहे छु पृथ्वीमण्डलमा यहाँ।

~०~

Leave a Reply

Your email address will not be published. Required fields are marked *