जति माया लाए पनि जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि
मनमा पीर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो
साँचो प्रीति लाएकै थिएँ चोखो जोवन दिएकै थिएँ
बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि
मनमा पीर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो
दुख तिम्रा सबै लिई सुख दिन्छु भनेकै थिएँ
बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि
मनमा पीर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो
शब्द: विनोद गौचन
स्वर: अरूण थापा
