Skip to content

फूलै फूल मात्र पनि हैन रैछ जीवन

  • by


फूलै फूल मात्र पनि हैन रैछ जीवन
काँडाबिच फुल्ने फूल रैछ जीवन

मरिदिन मानिसले विष पिउने गर्छन्
कोही बाँचिदिन विष पिउने गर्छन्
विषै विष मात्र पनि हैन रैछ जीवन
काँडाबिच फुल्ने फूल रैछ जीवन

अरूलाई कुल्चेर अघि बढ्छ मानिस
देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि हैन रैछ जीवन
काँडाबिच फुल्ने फूल रैछ जीवन

शब्द, संगीत‌: भीम बिराग
स्वर‌: मधु क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *