Skip to content

झुटो माया


तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ ।
ईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ ।

तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैन
माईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।

कम्प्युटरको सन्जाल अरे जस्तो पनि गर्न मिल्ने
वेब-क्याममा मुहार देख्न पाएर पो कहाँ हुन्छ ।

हेर्दा हेर्दै माया बस्यो बिश्वास गर्नुस् भने पनि
च्याटिङ गर्दै बाचा कसम खाएर पो कहाँ हुन्छ ।

ईन्टरनेटमा झुटो माया लएर पो कहाँ हुन्छ ।
छिट्टै फर्की आउनुस् भनी रोएर पो कहाँ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *