Skip to content

सपना बोकेरै दौडाएँ जिन्दगी

  • by


सपना बोकेरै दौडाएँ जिन्दगी
कल्पनामा सजाएरै फसाएँ जिन्दगी

के गर्ने बेकार झैं लाग्छ अब त
यो बाध्यताको आफ्नै जिन्दगी

दुःखमा पिल्साएरै बिताएँ जिन्दगी
भावनामै उडाएर लडाएँ जिन्दगी

के गर्ने बेकार झैं लाग्छ अब त
यो बाध्यताको आफ्नै जिन्दगी

आशामा डुबाएरै पर्खाएँ जिन्दगी
सोचमा अल्झाएरै रुवाएँ जिन्दगी

के गर्ने बेकार झैं लाग्छ अब त
यो बाध्यताको आफ्नै जिन्दगी

सोचेर पनि सकिन्न यो जिन्दगी
बाध्यता मै कटाएँ यो जिन्दगी

के गर्ने बेकार झैं लाग्छ अब त
यो बाध्यताको आफ्नै जिन्दगी

प्रजेश राई
ईटहरी—०४, सुनसरी
हाल— दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *