Skip to content


जिन्दगी के छ र आखिर जसो भन्दा पनि ठिकै छ
जिन्दगी के हो र आखिर आँसु नपुगे पनि ठिकै छ

जिन्दगी बजारभरि बिकिन्छ अनि बरबाद भएर आत्तिन्छ
जिन्दगी के हो र आखिर बुझ्न नखोजे पनि बुझिन्छ

जिन्दगी ज्वालाभित्र सल्किन्छ अनि सिमसार भएर चिसिन्छ
जिन्दगी के हो र आखिर अहिले भलै जिइसकिन्छ

शब्द – बलि सुब्बा
स्वर – अरूण थापा
संगीत – बुलु मुकारुङ
एल्बम – ऋतुहरूमा तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *