इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ । त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती कम्प्युटरको पर्दामा टुप्लुक्क देखिन्छे । त्यसको केही छिनपछि अर्की युवती पनि ठीक त्यस्तै पहिरनमा ठीक त्यसरी नै आउँछे ।
एकछिनपछि मेरो कम्प्युटरको दृश्यमा कसैले कम्प्युटर खोलेर केही हेरिरहेको देखिन्छ र त्यही कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यभित्र म हराइरहेको हुन्छु । ती दुई युवती अब त्यस कम्प्युटरमा देखिन्छन् ।
ती दुवै युवतीका हातमा ल्यापटप छ । उनीहरू त्यसका किबोर्डहरूमा औँला नचाइरहेछन् र च्याटिङमा व्यस्त मस्त छन् । युवती-२ का कानमा इयरफोन छ र त्यसको तारको टुप्पाको एउटा भाग ल्यापटपमा जोडिएको छ । अङ्ग्रेजी वाई आकारले बीचबाट दुई फ्याक भएका सो तारको एउटा टुप्पामा सानो स्पिकर पनि जडान भएको छ । ल्यापटपको मनिटरको माथिल्लो भागमा एउटा सानो क्यामेरा पनि देखिन्छ । क्यामेराको ठीक मुनि अङ्ग्रेजी साना अक्षरमा ‘मष्नष्तब धिभद लेखिएको मुस्किलले देखिन्छ ।
युवती-१ को ल्यापटप अपेक्षाकृत सानो छ र देख्दै निकै महँगो होला जस्तो । त्यसमा डिजिटल वेब क्याम मात्र होइन, अन्तरिक्षको फोटो खिच्नसक्ने क्षमताको अत्यन्त सानो यन्त्र पनि जडान भएको छ । युवती-२ भन्दा युवती-१ का औँलाहरू किबोर्डमा अत्यन्त छिटो चलेका छन् र उसले पनि युवती-२ ले जस्तै कानमा इयरफोन लगाएकी छे । त्यसको तारको स्थिति पनि युवती-२ को जस्तै छ । ती दुवै युवतीहरू निकै प्रसन्न मुद्रामा देखिन्छन् ।
ती दुवै युवतीका ल्यापटपका स्क्रिनको दायाँतिरको छेउमा तिनका प्रेमीहरूको अनुहार देखिन्छ । चलचित्रको मान्छेसँग कुरा गरेझैँ ती आफ्ना प्रेमीहरूसँग कुरा गरिरहेका छन् । युवती-१ को प्रेमी मङ्गल ग्रहमा पुगेर त्यहाँ पानी र अन्य तìवहरूको अनुसन्धानमा व्यस्त छ । ऊ फुर्सद मिल्नेबित्तिकै आफ्नी प्रेमिका युवती-१ लाई वेब क्याममा हेर्दै कुरा गर्छ । कहिले अफलाइन म्यासेज पठाउँछ । कहिलेकाहीँ अलि फुर्सद निकालेर च्याटिङमा बस्छ । युवती-२ को प्रेमी पनि अन्तरिक्षमा नै छ र ऊ अन्तरिक्षयानभित्रै आफ्नी प्रेमिका युवती-२ सँग वेब क्याममार्फत अनुहार हेरेर कुरा गर्दैै रोमान्टिक हुन्छ । साइबर सेक्सका कुरा गर्छ । बाँकी कुराहरू उसले पनि युवती-१ को प्रेमीले जस्तै गर्दछ ।
युवती-१ र उसको प्रेमी केही गम्भीर स्वभाका छन् भने
युवती-२ र उसको प्रेमी केही चञ्चल स्वभावका छन् ।
युवती-१ उसका प्रेमका बीचको कुराकानी म कम्प्युटरमा हेरिरहेको छु । कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यहरू म हेर्दैछु । युवती-१ र उसको प्रेमी वेब क्यामबाट आफ्ना अनुहारहरू एक अर्कालाई पठाउँदै कुरा गरिरहेछन् ।
यहाँ युवती-१ को प्रेमीलाई युवती-१ र युवती-२ को प्रेमीलाई युवक-२ भनिएका छ !
युवती-१ ः हाई डार्लिङ !
युवक-१ ः हाई !
युवती-१ ः अँ, तिम्रो त्यहाँको रिसर्च के हुँदैछ ?
त्यहाँ पानी रहेछ त ?
युवक-१ ः यहाँ मैले धेरै कुराहरू पत्ता लगाएको छु ।
चट्टानहरू, चट्टानबाट बनेका खोँचहरू, ठूलाठूला खाडलहरू फेला परिसकेका छन् । पानी फेला पर्ने पूर्ण सम्भावना छ ।
युवती-१ ः के सम्भावना देख्यौ ?
युवक-१ ः म आउने बित्तिकैको ठाउँ ओसिलो थिएन ।
अहिले घुम्दै गर्दा धेरै ओसिलो ठाउँमा आएको छु ।
अब यहाँ पानी पाइने सम्भावना छ । म यहाँबाट फोटाहरू पठाइदिन्छु, तिमीले कम्प्युटरमा हेर्नु ।
युवती-१ ः तिमी अब मङ्गल ग्रहमा घर बनाउने तयारी गर ।
युवक-१ ः हुन्छ, तिमीलाई म त्यही घरमा भित्र्याउँला ।
युवती-१ ः ओ के डार्लिङ !
युवक-१ ः बाई डार्लिङ !
ऊ – युवक-१) अन्तरिक्षमा यानभित्रै छ । उसले त्यसभित्रका धेरै स्विचहरू थिच्छ । त्यसपछि यन्त्रले अनौठो आवाज निकाल्छ र यानमाथि पट्टकिो यन्त्र बेस्सरी घुम्न थाल्छ । आवाजमा केही परिवर्तन आउँछ । त्यसपछि उसले आफ्नो अगाडिको सानो स्क्रिनमा देख्छ- यन्त्रले मङ्गल ग्रहका फोटाहरू खिचेर पृथ्वीमा पठाइसक्यो ।
तरङ्गको गतिसँगै अन्तरिक्षीय तरङ्गमार्फत फोटाहरू पृथ्वीका कम्प्युटरहरूमा कैद भइरहेका छन् र मान्छेहरू तँछाडमछाड गरेर ती दृश्यहरू हेरिरहेका छन् ।
युवती-२ र युवक-२ पनि त्यसरी नै वेब क्यामबाट एकआपसमा एक अर्काका अनुहार हेर्दै कुरा गरिरहेका छन् ।
युवक-२ ः हाइ डार्लिङ !
युवती-२ ः हाइ !
युवक-२ ः अँ, भन, के छ तिम्रो खबर ? तिमी त्यहाँ के गर्दैछ्यौ ?
युवती-२ ः ओ ! आइ एम भेरी फाइन । म यहाँ तिमीलाई धेरै सम्झिरहेछु । हेरन, तिमीसँग छुट्टएिपछि मलाई गाह्रो भइरहेछ ।
युवक-२ ः तिमी तयार भएर बस, म यहाँ हाम्रो हनिमुनका लागि तयारी गर्दैछु ।
युवती-२ ः बिहे नै नभई कहाँको हनिमुन ?
युवक -२ ःअरे यार, बिहे त फम्र्यालिटी हो, त्यो त गर्दै गरौँला । पहिला इनफम्र्यालिटी नै गर्नु पर्यो नि ! हनिमुन त पूरै इनर्फमल हुन्छ नि, होइन त ?
युवती-२ ः के मलाई रेप गरेर लैजान्छौ ?
युवक -२ ः होइन, तिमी आफैँ रेप बनिएर आउँछ्यौ ।
युवती-२ ः हामी त्यहाँ किस गर्छौं ?
युवक -२ ः हामी त्यहाँ के गर्छौं, सेक्स गर्छौ ।
युवती-२ ः कस्तो किस र सेक्स ?
युवक -२ ः पूरै डिजिटल, तिमीलाई थाहा छ ? यहाँ त किस र सेक्स मात्र होइन, लभ पनि डिजिटल हुन्छ ।
युवती-२ ः त्यहाँ पनि हाम्रो प्रेम उस्तै रहन्छ त ?
युवक -२ ः किन नरहनु, झन् सुपरग्लुले टाँसेजस्तै हुन्छ । आऊ पहिले अन्तरिक्षमा हनिमुन मनाऔँ । त्यसपछि अरू कुरा गरौँला ।
युवती-२ ः ठीक छ । त्यसो भए म छिट्टै फिनिक्स २००७ बाट तिमीलाई भेट्न आउँछु ।
चच
युवक-१ र २ अनि युवती-१ र २ दृश्यबाट ओझेल पर्छन् । कम्प्युटरको स्क्रिनमा कालो मात्र देखिन्छ । बत्ती गएछ कि भनी म स्विच अन गर्छु । बत्ती त गएको छैन । म कम्प्युटरको माउस चलाएर यताउता गर्छु । कम्प्युटरले कुनै प्रतिक्रिया जनाउँदैन । म एक छिन सोफामा घोरिएर बस्छु । कतै कम्प्युटर बिग्र्यो कि ? बनाउँदा फेरि कति खर्च हुने हो । म हैरान पर्छु । टेबलको अखबारमा अनायास आँखा पर्छन् । उनै बासी समाचार । मलाई दिक्क लाग्छ ।
अचानक कम्प्युटर आफैँ अन हुन्छ । स्क्रिनमा लेखिएको वाक्य पढेर थाहा पाउँछु- मेरो कम्प्युटर बिग्रेको रहेनछ । मैले मेरो कम्प्युटरको स्क्रिनभित्र अर्कै कम्प्युटरका दृश्य हेरिरहेको कुरा बिर्सेछु । कम्प्युटर चलाउँदा चलाउँदै युवती-१ र २ ले आफ्नाआफ्ना कम्प्युटरहरू बन्द गरेका रहेछन् र केही समयपछि खोलेका रहेछन् । फेरि मेरो कम्प्युटरभित्र उनै दृश्यहरू सलबलाउन थाले ।
ती दुई युवतीको पहिरन पहिलाजस्तो थिएन । ती रूपान्तरित भएका थिए । ती टाइट जिन्स पाइन्ट र टिसर्टमा सजिएका थिए । ती दुवैले ब्वाइजकट कपाल काटेका थिए । अर्धअनावृत स्तन र टाइट कपडामा ती बेसरी कसिएका झैँ देखिन्थे । पिन सोलका स्याण्डिलमा सजिएका ती युवती उत्तरआधुनिक युगका मेनका र उर्वशीजस्ता लाग्दथे ।
युवती-१ र युवती-२ दुवैका हातमा अत्यन्त कलात्मक प्रविधिबाट बनाइएका जस्ता पामटप थिए । पामटपको स्क्रिनमा ती आफ्ना प्रेमीहरूले पठाएका म्यासेजहरू र चलअचल तस्बिरहरू हेरिरहेका थिए । ती तस्बिरहरूमा अधिकांश मङ्गलग्रहका दृश्यहरू थिए । रोबोर्टले खनिरहेका दृश्यहरू थिए । ‘फिनिक्स २००८’ यानभित्रका यन्त्रको संसार थियो । अन्तरिक्षका अन्य विविध दृश्यहरू थिए र ती दुवै युवती उत्तेजित हुँदै हेरिरहेका थिए ।
हेर्दाहेर्दै दुवै युवतीका पामटपमा अनौठो दृश्यहरू देखिन थाले । त्यहाँ एकएक जोडी यन्त्रमानव अर्थात् रोबोर्टहरू सम्भोग गरिरहेका थिए र एकैछिनमा रोबोर्ट सन्तानहरू जन्माइरहेका थिए । यो क्रम केही समयसम्म निरन्तर चलिरहृयो । म अवाक् भएर हेरिरहेँ । हेर्दाहेर्दै म आफू कहाँ छु भन्नेसमेत बिर्सेछु । पामटपका ती दृश्यहरू पनि मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए । म तिनै दृश्यहरूमा हराइरहेको थिएँ । आफू यन्त्रवत् भएकोमा मलाई आफ्नो संवेदना छाम्न मन लाग्यो । अझै अलिकति बाँकी भएकोमा मलाई खुसी लाग्यो, म खुसी भएँ । संवेदनाशून्य डिग्रीमा त झरेको रहिनछु नि !
कम्प्युटरका दृश्यहरू यथावत् थिए ।
युवक-१ मङ्गलगं्रहमा पानी भेटिएकोमा अति खुसी थियो र ऊ युवती-१ लाई भित्र्याउन त्यहीँ घर बनाउने सम्भावना खोजिरहेको थियो । युवक-२ चाहिँ अन्तरिक्षमा हनिमुन मनाउन सुन्दर ठाउँको खोजीमा थियो । उसले कल्पना गर्यो- एउटा राम्रो फाइभस्टार होटेल, सुविधा सम्पन्न कोठा, प्राकृतिक वातावरणको कटेज, अत्याधुनिक पार्क, तलाउ, स्विमिङगपुलमा पौडिरहेको अनि चुम्बन र आलिङ्गनमा मग्न हुँदै सम्भोगरत आफ्नो जोडी आदि आदि ।
कल्पनामा डुब्दाडुब्दै युवक-२ को स्वचालित यानले अनौठो आवाज निकाल्यो । त्यसपछि उसले केही स्विचहरू थिच्यो । त्यसपछि युवक-१ र युवक-२ दुवैका अन्तरिक्ष यानहरू नजिकै समानान्तर दूरीमा रहेका देखिए । यो दृश्य युवती-१ र युवती-२ दुवैका पामटपहरूमा कैद भइरहेका थिए र ती युवतीहरूका अनुहारको भावले घरजम गर्न र हनिमुन मनाउन अन्तरिक्षमा जाने आतुरता देखाइरहेको स्पष्ट आभास हुन्थ्यो । ती दुवैका आफ्ना आफ्ना प्रेमीहरूसँगका संवादहरू वेब क्याममार्फत प्रत्यक्षीकृत हुँदै थिए र ती दृश्यहरू म आफ्नो कम्प्युटरमा हेरिरहेको थिएँ । युवती-१ ः हाई
डार्लिङ ! तिमीले मलाई त्यहाँ कहिले बोलाउने ?
युवक-१ ः म तिम्रो प्रतीक्षामा व्यग्र छु । अनुकूल हुने बित्तिकै तिमीलाई लिन म अर्को यान पठाउनेछु ।
युवती-१ ः तिम्रो रिसर्च सक, त्यो मानव सभ्यताका लागि नयाँ आयाम हुनेछ ।
युवक-१ ः त्यसका लागि तिम्रो सहयोग आवश्यक हुनेछ ।
युवती-१ ः तिमीलाई कस्तो सहयोग चाहियो भन ।
युवक-१ ः तिमी यहाँ आएपछि तिम्रो र मेरो प्रेमको प्रतीक एउटा सन्तान यस अन्तरिक्षमा जन्मने छ र त्यो सन्तान यहाँको पहिलो मानवसृष्टि हुनेछ ।
युवती-१ ः तिम्रा कुरा अलि परम्परित भएनन् र ?
युवक-१ ः के परम्परित ?
युवती-१ ः अहिलेको जमानामा पनि के गर्भधारण गरेर सन्तान जन्माउने कुरा गरेको ?
युवक-१ ः होइन, त्यो पूरै डिजिटल हुनेछ ।
-त्यसपछि युवती-२ र युवक-२ अगाडि आउँछन् ।)
युवती-२ ः हाइ डार्लिङ, के छ ? तिमी के गर्दैछौँ ?
युवक-२ ः हाइ ! म हाम्रो हनिमुनका लागि एउटा राम्रो ठाउँको कल्पनामा डुबिरहेको थिएँ ।
युवती-२ ः कस्तो ठाउँको ?
युवक-२ ः जहाँ तिमी र म पूरै एउटै भएर बस्न सकौँ ।
युवती-२ ः कस्तो एउटै ? फिजिकल्ली र मेन्टल्ली ?
युवक-२ ः मेन्टल्ली तिम्रा कन्सेप्टहरू त्यहीँ राखेर आऊ ।
हामी यहाँ फिजिकल्ली एउटै हुनेछौँ । तिमी र म अब अलगअलग हुनेछैनौँ ।
युवती-२ ः कसरी नि ?
युवक-२ ः जब हामी हनिमुन मनाइरहेका हुनेछौं, तब हाम्रा प्रत्येक चुम्बन र सम्भोगहरूसँगै हामीमा पूरै लिङ्गभेद हट्नेछ र हामी अलिङ्गी अर्थात् तेस्रो लिङ्गी व्यक्तिमा रूपान्तरित हुनेछौँ ।
युवती-२ ः यो पनि कसरी नि ?
युवक-२ ः यो पनि पूरै डिजिटल प्रविधिबाट ।
उनीहरूको संवाद चलिरहेकै बेला फेरि झ्याप्प आफैँ कम्प्युटर बन्द हुन्छ । म अघिको जस्तै कम्प्युटर आफैँ खुल्ने प्रतीक्षामा हुन्छु । मेरो डेस्कटप कम्प्युटर मौन छ । म एक्लो छु ।
म पनि मौन छु । बाहिर रात छिप्पिसकेको छ । म युवक-१ र युवती-१ तथा युवक-२ र युवती-२ का संवादहरू नसकिए हुन्थ्यो भन्ने सोचिरहेछु । कम्प्युटरमा देखिएका उनीहरूका रूपाकृति र संवादहरूले मलाई तानिरहेकै हुन्छन् । मलाई बेचैनी हुन्छ । माउस यताउता गर्छु । कम्प्युटर कुनै प्रतिक्रिया जनाउँदैन । सोफामा बसेर हाई काढ्छु । कम्प्युटरले केही सानो अस्पष्ट ध्वनि निकाल्छ र त्यसपछि त्यो आफैँ खुल्छ ।
मेरो व्यग्र प्रतीक्षालाई कम्प्युटरले पूरा गरिदिन्छ । इन्टरनेट पनि किन यसरी आफैँ बन्द हुन्छ ? मैले आफैँलाई प्रश्न गर्न नपाउँदै मेरो कम्प्युटरको स्क्रिनमा अघिका उनै युवतीहरू देखापरे । ती अहिले भिन्नै अत्याधुनिक पहिरनमा रूपान्तरित भएका थिए । ती युवतीहरू अत्यन्तै छोटो मिनिस्कर्ट र ब्रा मात्र लगाएर मुस्कुराइरहेका थिए । दुवैले थाइकट कपाल काटेका थिए र अग्लो हिल भएको कालो स्यान्डिल लगाएका थिए । स्यान्डिलदेखि माथि मिनिस्कर्टसम्म नै मसिनो धागोको कालो जालीले तिनका अलगअलग खुट्टालाई बेरिराखेका थिए । ती दुवैका हातमा सानो अत्याधुनिक कम्प्युटर फिङ्गरटप थियो । ती फिङ्गरटपमा चोरऔँला नचाउँदै क्याटवाकको मुद्रामा हिँड्दै अन्तरिक्षका आफ्ना प्रेमीहरूसँग च्याटिङ गर्दैथिए । उनीहरूका फिङ्गरटपका स्क्रिनमा तिनका प्रेमी र अन्तरिक्षका दृश्यहरू देखिँदै थिए । ती दृश्यहरू मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए र म तिनै दृश्यहरूमा हराइरहेको थिएँ । हेर्दाहेर्दै यस्ता दृश्यहरू देखिएः
ती दुई युवतीहरूमध्ये युवती-१ ले ‘डिसकभरी २००७’ नामक यानमा र युवती-२ ले ‘फिनिक्स २००७’ नामक यानमा चढेर अन्तरिक्ष यात्रा गरिरहेका थिए । अन्तरिक्ष यानभित्रको पोसाकमा उनीहरू अनौठा प्राणीजस्ता देखिए । तिनले केही समयमा नै अन्तरिक्षमा आफ्ना प्रेमीहरूलाई भेटे । ती दुवै युवतीका अन्तरिक्षयान अर्थात् भूउपग्रहहरू आफ्ना आफ्ना प्रेमीहरूका यानसँगै गएर समानान्तर भई मन्दगतिमा उडिरहे ।
ती यानहरूको गति अत्यन्त मन्द भएपछि एउटा निश्चित ठाउँमा आफ्ना आफ्ना यानबाट ती चारै जना पानीमा पौडेजस्तै गरी बाहिर निस्के । बाहिर निस्कँदा ती रोबोर्टमा रूपान्तरित भइसकेका थिए । त्यसपछि ती आफ्ना आफ्ना प्रेमीसँग अँगालोमा बाँधिए । युवक-१ र २ पनि पूर्णतया रोबोर्टमा रूपान्तरित भएर तयार भइसकेका थिए । त्यसको एकछिनपछि ती दुवै रोबोर्ट जोडीहरूको लिङ्गभेद मेटियो । उनीहरू अन्तरिक्ष सम्भोगमा व्यस्त भए । त्यसको फेरि एकछिनपछि मैले देखेँ- त्यहाँ फटाफट रोबोर्टहरू जन्मिरहेका थिए ।
त्यसपछि आफैँ कम्प्युटर बन्द भयो । माथि सिलिङमा चलिरहेको पङ्खा पनि बन्द भयो । साँच्चै लाइन गएको रहेछ । म कम्प्युटरका ती दृश्यहरू दिमागमा खेलाइरहेको थिएँ- यो कस्तो उत्तरआधुनिक प्रेम ।
आफू यन्त्रवत् भएकामा मलाई फेरि आफ्नो संवेदना छाम्न मन लाग्यो । शून्य डिग्रीमा र्झन लागेको आभास पाएँ । मेरो मस्तिष्क चक्कराउन थाल्यो । मेरो मुटु अस्पतालको प्रयोगशालामा राखिएका कृत्रिम मानवमुटुमा रूपान्तरित भइरहेको थियो । मेरा हातखुट्टा दरा भइरहेका थिए । मलाई कसैले रिमोट कन्ट्रोलरबाट सञ्चालन गरिरहेको रहेछ । चइन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ । त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडीÙ त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती कम्प्युटरको पर्दामा टुप्लुक्क देखिन्छे । त्यसको केही छिनपछि अर्की युवती पनि ठीक त्यस्तै पहिरनमा ठीक त्यसरी नै आउँछे ।
एकछिनपछि मेरो कम्प्युटरको दृश्यमा कसैले कम्प्युटर खोलेर केही हेरिरहेको देखिन्छ र त्यही कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यभित्र म हराइरहेको हुन्छु । ती दुई युवती अब त्यस कम्प्युटरमा देखिन्छन् ।
ती दुवै युवतीका हातमा ल्यापटप छ । उनीहरू त्यसका किबोर्डहरूमा औँला नचाइरहेछन् र च्याटिङमा व्यस्त मस्त छन् । युवती-२ का कानमा इयरफोन छ र त्यसको तारको टुप्पाको एउटा भाग ल्यापटपमा जोडिएको छ । अङ्ग्रेजी वाई आकारले बीचबाट दुई फ्याक भएका सो तारको एउटा टुप्पामा सानो स्पिकर पनि जडान भएको छ । ल्यापटपको मनिटरको माथिल्लो भागमा एउटा सानो क्यामेरा पनि देखिन्छ । क्यामेराको ठीक मुनि अङ्ग्रेजी साना अक्षरमा ‘मष्नष्तब धिभद लेखिएको मुस्किलले देखिन्छ ।
युवती-१ को ल्यापटप अपेक्षाकृत सानो छ र देख्दै निकै महँगो होला जस्तो । त्यसमा डिजिटल वेब क्याम मात्र होइन, अन्तरिक्षको फोटो खिच्नसक्ने क्षमताको अत्यन्त सानो यन्त्र पनि जडान भएको छ । युवती-२ भन्दा युवती-१ का औँलाहरू किबोर्डमा अत्यन्त छिटो चलेका छन् र उसले पनि युवती-२ ले जस्तै कानमा इयरफोन लगाएकी छे । त्यसको तारको स्थिति पनि युवती-२ को जस्तै छ । ती दुवै युवतीहरू निकै प्रसन्न मुद्रामा देखिन्छन् ।
ती दुवै युवतीका ल्यापटपका स्क्रिनको दायाँतिरको छेउमा तिनका प्रेमीहरूको अनुहार देखिन्छ । चलचित्रको मान्छेसँग कुरा गरेझैँ ती आफ्ना प्रेमीहरूसँग कुरा गरिरहेका छन् । युवती-१ को प्रेमी मङ्गल ग्रहमा पुगेर त्यहाँ पानी र अन्य तìवहरूको अनुसन्धानमा व्यस्त छ । ऊ फुर्सद मिल्नेबित्तिकै आफ्नी प्रेमिका युवती-१ लाई वेब क्याममा हेर्दै कुरा गर्छ । कहिले अफलाइन म्यासेज पठाउँछ । कहिलेकाहीँ अलि फुर्सद निकालेर च्याटिङमा बस्छ । युवती-२ को प्रेमी पनि अन्तरिक्षमा नै छ र ऊ अन्तरिक्षयानभित्रै आफ्नी प्रेमिका युवती-२ सँग वेब क्याममार्फत अनुहार हेरेर कुरा गर्दैै रोमान्टिक हुन्छ । साइबर सेक्सका कुरा गर्छ । बाँकी कुराहरू उसले पनि युवती-१ को प्रेमीले जस्तै गर्दछ ।
युवती-१ र उसको प्रेमी केही गम्भीर स्वभाका छन् भने
युवती-२ र उसको प्रेमी केही चञ्चल स्वभावका छन् ।
युवती-१ उसका प्रेमका बीचको कुराकानी म कम्प्युटरमा हेरिरहेको छु । कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यहरू म हेर्दैछु । युवती-१ र उसको प्रेमी वेब क्यामबाट आफ्ना अनुहारहरू एक अर्कालाई पठाउँदै कुरा गरिरहेछन् ।
यहाँ युवती-१ को प्रेमीलाई युवती-१ र युवती-२ को प्रेमीलाई युवक-२ भनिएका छ !
युवती-१ ः हाई डार्लिङ !
युवक-१ ः हाई !
युवती-१ ः अँ, तिम्रो त्यहाँको रिसर्च के हुँदैछ ?
त्यहाँ पानी रहेछ त ?
युवक-१ ः यहाँ मैले धेरै कुराहरू पत्ता लगाएको छु ।
चट्टानहरू, चट्टानबाट बनेका खोँचहरू, ठूलाठूला खाडलहरू फेला परिसकेका छन् । पानी फेला पर्ने पूर्ण सम्भावना छ ।
युवती-१ ः के सम्भावना देख्यौ ?
युवक-१ ः म आउने बित्तिकैको ठाउँ ओसिलो थिएन ।
अहिले घुम्दै गर्दा धेरै ओसिलो ठाउँमा आएको छु ।
अब यहाँ पानी पाइने सम्भावना छ । म यहाँबाट फोटाहरू पठाइदिन्छु, तिमीले कम्प्युटरमा हेर्नु ।
युवती-१ ः तिमी अब मङ्गल ग्रहमा घर बनाउने तयारी गर ।
युवक-१ ः हुन्छ, तिमीलाई म त्यही घरमा भित्र्याउँला ।
युवती-१ ः ओ के डार्लिङ !
युवक-१ ः बाई डार्लिङ !
ऊ (युवक-१) अन्तरिक्षमा यानभित्रै छ । उसले त्यसभित्रका धेरै स्विचहरू थिच्छ । त्यसपछि यन्त्रले अनौठो आवाज निकाल्छ र यानमाथि पट्टकिो यन्त्र बेस्सरी घुम्न थाल्छ । आवाजमा केही परिवर्तन आउँछ । त्यसपछि उसले आफ्नो अगाडिको सानो स्क्रिनमा देख्छ- यन्त्रले मङ्गल ग्रहका फोटाहरू खिचेर पृथ्वीमा पठाइसक्यो ।
तरङ्गको गतिसँगै अन्तरिक्षीय तरङ्गमार्फत फोटाहरू पृथ्वीका कम्प्युटरहरूमा कैद भइरहेका छन् र मान्छेहरू तँछाडमछाड गरेर ती दृश्यहरू हेरिरहेका छन् ।
युवती-२ र युवक-२ पनि त्यसरी नै वेब क्यामबाट एकआपसमा एक अर्काका अनुहार हेर्दै कुरा गरिरहेका छन् ।
युवक-२ ः हाइ डार्लिङ !
युवती-२ ः हाइ !
युवक-२ ः अँ, भन, के छ तिम्रो खबर ? तिमी त्यहाँ के गर्दैछ्यौ ?
युवती-२ ः ओ ! आइ एम भेरी फाइन । म यहाँ तिमीलाई धेरै सम्झिरहेछु । हेरन, तिमीसँग छुट्टएिपछि मलाई गाह्रो भइरहेछ ।
युवक-२ ः तिमी तयार भएर बस, म यहाँ हाम्रो हनिमुनका लागि तयारी गर्दैछु ।
युवती-२ ः बिहे नै नभई कहाँको हनिमुन ?
युवक -२ ःअरे यार, बिहे त फर्म्यालिटी हो, त्यो त गर्दै गरौँला । पहिला इनफम्र्यालिटी नै गर्नु पर्यो नि ! हनिमुन त पूरै इनर्फमल हुन्छ नि, होइन त ?
युवती-२ ः के मलाई रेप गरेर लैजान्छौ ?
युवक -२ ः होइन, तिमी आफैँ रेप बनिएर आउँछ्यौ ।
युवती-२ ः हामी त्यहाँ किस गर्छौं ?
युवक -२ ः हामी त्यहाँ के गर्छौं, सेक्स गर्छौ ।
युवती-२ ः कस्तो किस र सेक्स ?
युवक -२ ः पूरै डिजिटल, तिमीलाई थाहा छ ? यहाँ त किस र सेक्स मात्र होइन, लभ पनि डिजिटल हुन्छ ।
युवती-२ ः त्यहाँ पनि हाम्रो प्रेम उस्तै रहन्छ त ?
युवक -२ ः किन नरहनु, झन् सुपरग्लुले टाँसेजस्तै हुन्छ । आऊ पहिले अन्तरिक्षमा हनिमुन मनाऔँ । त्यसपछि अरू कुरा गरौँला ।
युवती-२ ः ठीक छ । त्यसो भए म छिट्टै फिनिक्स २००७ बाट तिमीलाई भेट्न आउँछु ।
चच
युवक-१ र २ अनि युवती-१ र २ दृश्यबाट ओझेल पर्छन् । कम्प्युटरको स्क्रिनमा कालो मात्र देखिन्छ । बत्ती गएछ कि भनी म स्विच अन गर्छु । बत्ती त गएको छैन । म कम्प्युटरको माउस चलाएर यताउता गर्छु । कम्प्युटरले कुनै प्रतिक्रिया जनाउँदैन । म एक छिन सोफामा घोरिएर बस्छु । कतै कम्प्युटर बिग्र्यो कि ? बनाउँदा फेरि कति खर्च हुने हो । म हैरान पर्छु । टेबलको अखबारमा अनायास आँखा पर्छन् । उनै बासी समाचार । मलाई दिक्क लाग्छ ।
अचानक कम्प्युटर आफैँ अन हुन्छ । स्क्रिनमा लेखिएको वाक्य पढेर थाहा पाउँछु- मेरो कम्प्युटर बिग्रेको रहेनछ । मैले मेरो कम्प्युटरको स्क्रिनभित्र अर्कै कम्प्युटरका दृश्य हेरिरहेको कुरा बिर्सेछु । कम्प्युटर चलाउँदा चलाउँदै युवती-१ र २ ले आफ्नाआफ्ना कम्प्युटरहरू बन्द गरेका रहेछन् र केही समयपछि खोलेका रहेछन् । फेरि मेरो कम्प्युटरभित्र उनै दृश्यहरू सलबलाउन थाले ।
ती दुई युवतीको पहिरन पहिलाजस्तो थिएन । ती रूपान्तरित भएका थिए । ती टाइट जिन्स पाइन्ट र टिसर्टमा सजिएका थिए । ती दुवैले ब्वाइजकट कपाल काटेका थिए । अर्धअनावृत स्तन र टाइट कपडामा ती बेसरी कसिएका झैँ देखिन्थे । पिन सोलका स्याण्डिलमा सजिएका ती युवती उत्तरआधुनिक युगका मेनका र उर्वशीजस्ता लाग्दथे ।
युवती-१ र युवती-२ दुवैका हातमा अत्यन्त कलात्मक प्रविधिबाट बनाइएका जस्ता पामटप थिए । पामटपको स्क्रिनमा ती आफ्ना प्रेमीहरूले पठाएका म्यासेजहरू र चलअचल तस्बिरहरू हेरिरहेका थिए । ती तस्बिरहरूमा अधिकांश मङ्गलग्रहका दृश्यहरू थिए । रोबोर्टले खनिरहेका दृश्यहरू थिए । ‘फिनिक्स २००८’ यानभित्रका यन्त्रको संसार थियो । अन्तरिक्षका अन्य विविध दृश्यहरू थिए र ती दुवै युवती उत्तेजित हुँदै हेरिरहेका थिए ।
हेर्दाहेर्दै दुवै युवतीका पामटपमा अनौठो दृश्यहरू देखिन थाले । त्यहाँ एकएक जोडी यन्त्रमानव अर्थात् रोबोर्टहरू सम्भोग गरिरहेका थिए र एकैछिनमा रोबोर्ट सन्तानहरू जन्माइरहेका थिए । यो क्रम केही समयसम्म निरन्तर चलिरहृयो । म अवाक् भएर हेरिरहेँ । हेर्दाहेर्दै म आफू कहाँ छु भन्नेसमेत बिर्सेछु । पामटपका ती दृश्यहरू पनि मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए । म तिनै दृश्यहरूमा हराइरहेको थिएँ । आफू यन्त्रवत् भएकोमा मलाई आफ्नो संवेदना छाम्न मन लाग्यो । अझै अलिकति बाँकी भएकोमा मलाई खुसी लाग्यो, म खुसी भएँ । संवेदनाशून्य डिग्रीमा त झरेको रहिनछु नि !
कम्प्युटरका दृश्यहरू यथावत् थिए ।
युवक-१ मङ्गलगं्रहमा पानी भेटिएकोमा अति खुसी थियो र ऊ युवती-१ लाई भित्र्याउन त्यहीँ घर बनाउने सम्भावना खोजिरहेको थियो । युवक-२ चाहिँ अन्तरिक्षमा हनिमुन मनाउन सुन्दर ठाउँको खोजीमा थियो । उसले कल्पना गर्यो- एउटा राम्रो फाइभस्टार होटेल, सुविधा सम्पन्न कोठा, प्राकृतिक वातावरणको कटेज, अत्याधुनिक पार्क, तलाउ, स्विमिङगपुलमा पौडिरहेको अनि चुम्बन र आलिङ्गनमा मग्न हुँदै सम्भोगरत आफ्नो जोडी आदि आदि ।
कल्पनामा डुब्दाडुब्दै युवक-२ को स्वचालित यानले अनौठो आवाज निकाल्यो । त्यसपछि उसले केही स्विचहरू थिच्यो । त्यसपछि युवक-१ र युवक-२ दुवैका अन्तरिक्ष यानहरू नजिकै समानान्तर दूरीमा रहेका देखिए । यो दृश्य युवती-१ र युवती-२ दुवैका पामटपहरूमा कैद भइरहेका थिए र ती युवतीहरूका अनुहारको भावले घरजम गर्न र हनिमुन मनाउन अन्तरिक्षमा जाने आतुरता देखाइरहेको स्पष्ट आभास हुन्थ्यो । ती दुवैका आफ्ना आफ्ना प्रेमीहरूसँगका संवादहरू वेब क्याममार्फत प्रत्यक्षीकृत हुँदै थिए र ती दृश्यहरू म आफ्नो कम्प्युटरमा हेरिरहेको थिएँ । युवती-१ ः हाई
डार्लिङ ! तिमीले मलाई त्यहाँ कहिले बोलाउने ?
युवक-१ ः म तिम्रो प्रतीक्षामा व्यग्र छु । अनुकूल हुने बित्तिकै तिमीलाई लिन म अर्को यान पठाउनेछु ।
युवती-१ ः तिम्रो रिसर्च सक, त्यो मानव सभ्यताका लागि नयाँ आयाम हुनेछ ।
युवक-१ ः त्यसका लागि तिम्रो सहयोग आवश्यक हुनेछ ।
युवती-१ ः तिमीलाई कस्तो सहयोग चाहियो भन ।
युवक-१ ः तिमी यहाँ आएपछि तिम्रो र मेरो प्रेमको प्रतीक एउटा सन्तान यस अन्तरिक्षमा जन्मने छ र त्यो सन्तान यहाँको पहिलो मानवसृष्टि हुनेछ ।
युवती-१ ः तिम्रा कुरा अलि परम्परित भएनन् र ?
युवक-१ ः के परम्परित ?
युवती-१ ः अहिलेको जमानामा पनि के गर्भधारण गरेर सन्तान जन्माउने कुरा गरेको ?
युवक-१ ः होइन, त्यो पूरै डिजिटल हुनेछ ।
(त्यसपछि युवती-२ र युवक-२ अगाडि आउँछन् ।)
युवती-२ ः हाइ डार्लिङ, के छ ? तिमी के गर्दैछौँ ?
युवक-२ ः हाइ ! म हाम्रो हनिमुनका लागि एउटा राम्रो ठाउँको कल्पनामा डुबिरहेको थिएँ ।
युवती-२ ः कस्तो ठाउँको ?
युवक-२ ः जहाँ तिमी र म पूरै एउटै भएर बस्न सकौँ ।
युवती-२ ः कस्तो एउटै ? फिजिकल्ली र मेन्टल्ली ?
युवक-२ ः मेन्टल्ली तिम्रा कन्सेप्टहरू त्यहीँ राखेर आऊ ।
हामी यहाँ फिजिकल्ली एउटै हुनेछौँ । तिमी र म अब अलगअलग हुनेछैनौँ ।
युवती-२ ः कसरी नि ?
युवक-२ ः जब हामी हनिमुन मनाइरहेका हुनेछौं, तब हाम्रा प्रत्येक चुम्बन र सम्भोगहरूसँगै हामीमा पूरै लिङ्गभेद हट्नेछ र हामी अलिङ्गी अर्थात् तेस्रो लिङ्गी व्यक्तिमा रूपान्तरित हुनेछौँ ।
युवती-२ ः यो पनि कसरी नि ?
युवक-२ ः यो पनि पूरै डिजिटल प्रविधिबाट ।
उनीहरूको संवाद चलिरहेकै बेला फेरि झ्याप्प आफैँ कम्प्युटर बन्द हुन्छ । म अघिको जस्तै कम्प्युटर आफैँ खुल्ने प्रतीक्षामा हुन्छु । मेरो डेस्कटप कम्प्युटर मौन छ । म एक्लो छु ।
म पनि मौन छु । बाहिर रात छिप्पिसकेको छ । म युवक-१ र युवती-१ तथा युवक-२ र युवती-२ का संवादहरू नसकिए हुन्थ्यो भन्ने सोचिरहेछु । कम्प्युटरमा देखिएका उनीहरूका रूपाकृति र संवादहरूले मलाई तानिरहेकै हुन्छन् । मलाई बेचैनी हुन्छ । माउस यताउता गर्छु । कम्प्युटर कुनै प्रतिक्रिया जनाउँदैन । सोफामा बसेर हाई काढ्छु । कम्प्युटरले केही सानो अस्पष्ट ध्वनि निकाल्छ र त्यसपछि त्यो आफैँ खुल्छ ।
मेरो व्यग्र प्रतीक्षालाई कम्प्युटरले पूरा गरिदिन्छ । इन्टरनेट पनि किन यसरी आफैँ बन्द हुन्छ ? मैले आफैँलाई प्रश्न गर्न नपाउँदै मेरो कम्प्युटरको स्क्रिनमा अघिका उनै युवतीहरू देखापरे । ती अहिले भिन्नै अत्याधुनिक पहिरनमा रूपान्तरित भएका थिए । ती युवतीहरू अत्यन्तै छोटो मिनिस्कर्ट र ब्रा मात्र लगाएर मुस्कुराइरहेका थिए । दुवैले थाइकट कपाल काटेका थिए र अग्लो हिल भएको कालो स्यान्डिल लगाएका थिए । स्यान्डिलदेखि माथि मिनिस्कर्टसम्म नै मसिनो धागोको कालो जालीले तिनका अलगअलग खुट्टालाई बेरिराखेका थिए । ती दुवैका हातमा सानो अत्याधुनिक कम्प्युटर फिङ्गरटप थियो । ती फिङ्गरटपमा चोरऔँला नचाउँदै क्याटवाकको मुद्रामा हिँड्दै अन्तरिक्षका आफ्ना प्रेमीहरूसँग च्याटिङ गर्दैथिए । उनीहरूका फिङ्गरटपका स्क्रिनमा तिनका प्रेमी र अन्तरिक्षका दृश्यहरू देखिँदै थिए । ती दृश्यहरू मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए र म तिनै दृश्यहरूमा हराइरहेको थिएँ । हेर्दाहेर्दै यस्ता दृश्यहरू देखिएः
ती दुई युवतीहरूमध्ये युवती-१ ले ‘डिसकभरी २००७’ नामक यानमा र युवती-२ ले ‘फिनिक्स २००७’ नामक यानमा चढेर अन्तरिक्ष यात्रा गरिरहेका थिए । अन्तरिक्ष यानभित्रको पोसाकमा उनीहरू अनौठा प्राणीजस्ता देखिए । तिनले केही समयमा नै अन्तरिक्षमा आफ्ना प्रेमीहरूलाई भेटे । ती दुवै युवतीका अन्तरिक्षयान अर्थात् भूउपग्रहहरू आफ्ना आफ्ना प्रेमीहरूका यानसँगै गएर समानान्तर भई मन्दगतिमा उडिरहे ।
ती यानहरूको गति अत्यन्त मन्द भएपछि एउटा निश्चित ठाउँमा आफ्ना आफ्ना यानबाट ती चारै जना पानीमा पौडेजस्तै गरी बाहिर निस्के । बाहिर निस्कँदा ती रोबोर्टमा रूपान्तरित भइसकेका थिए । त्यसपछि ती आफ्ना आफ्ना प्रेमीसँग अँगालोमा बाँधिए । युवक-१ र २ पनि पूर्णतया रोबोर्टमा रूपान्तरित भएर तयार भइसकेका थिए । त्यसको एकछिनपछि ती दुवै रोबोर्ट जोडीहरूको लिङ्गभेद मेटियो । उनीहरू अन्तरिक्ष सम्भोगमा व्यस्त भए । त्यसको फेरि एकछिनपछि मैले देखेँ- त्यहाँ फटाफट रोबोर्टहरू जन्मिरहेका थिए ।
त्यसपछि आफैँ कम्प्युटर बन्द भयो । माथि सिलिङमा चलिरहेको पङ्खा पनि बन्द भयो । साँच्चै लाइन गएको रहेछ । म कम्प्युटरका ती दृश्यहरू दिमागमा खेलाइरहेको थिएँ- यो कस्तो उत्तरआधुनिक प्रेम ।
आफू यन्त्रवत् भएकामा मलाई फेरि आफ्नो संवेदना छाम्न मन लाग्यो । शून्य डिग्रीमा र्झन लागेको आभास पाएँ । मेरो मस्तिष्क चक्कराउन थाल्यो । मेरो मुटु अस्पतालको प्रयोगशालामा राखिएका कृत्रिम मानवमुटुमा रूपान्तरित भइरहेको थियो । मेरा हातखुट्टा दरा भइरहेका थिए । मलाई कसैले रिमोट कन्ट्रोलरबाट सञ्चालन गरिरहेको रहेछ ।