Skip to content


झिसमिसेले चियाउँछ
रातको किनाराबाट सुटुक्क ।
पल्लो गाउँमा भालेको डाक सुनिन्छ
मानिसहरू चेतनाको कोल्टो फेर्छन्
प्रत्येक घरभित्र आवाज सुनिन्छ ।
सूर्य चुपचाप डाँडापारि उकालो चढ्छ
र रात यहीँनेर सकिन्छ
कोइलीको गीतले कुन्नि के पो भन्छ
र रात यहीँनेर सकिन्छ ।
विवेक आˆनो स्वरको खोजीमा छ
सभ्यता फैलने धरतीको
ज्योति आफ्नो रूपको ।
हिजै मात्र सिङ्गारेको आलो भित्तामा
यौटा सूर्य त्यहीँ उदाएझैँ लाग्छ
बालकले खेल्ने आँगन
चराहरू उड्ने आकाश
तन्नेरीहरू भेट्ने देउराली
वृद्धहरूको चौतारी
इन्द्रेणी ओर्लने सिमसार
उज्यालिन्छन्
आहा
उज्यालामा कति रहरहरू पूरा हुन्छन् ।
अब हराएको मूलढोकाको साँचो
भेटिन्छ
अब गोप्यताहरू देखिन्छन्
नदी किनारामा सुतेको विद्रोही
अब ब्युँझन्छ
र रात यहीँनेर सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *