Skip to content


पराई हुनु थियो मसँग माया लायौ किन
जालमा मलाई पारी अर्कैतिर धायौ किन

भन्थ्यौ तिमी मुटु म धड्कन हामी एउटै भयौ
मुटु चुडाई जानु थियो झुठो कसम खायौ किन

बानी रैछ तिम्रो एउटा हसाँई दुइटा रुवाउने
स्वर मिलाई फगत प्रीतिका गीत गायौ किन

भनेकै हुँ बिश्वास लागेन है देख्दा तिम्रो वानी
अरुजस्तो होइन भन्दै नजिक-नजिक आयौ किन

गगनले खपेकै हो खप्न सक्छ जस्तै झरी बादल
तर रुवाई मलाई जीवनभरि पराई हसाँयौ किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *