Skip to content


घर वा सपिङ् मल बन्ला
हाउजिङ् वा आकाशे बजार बन्ला
केही पनि बन्न सक्छ यो भूमिमा ।
०००
धेरै वर्षपछि यहा गगन महल बन्ला
वा बन्ला कुनै मल्टिकम्प्लेक्सको प्रसिद्ध भवन ।
व्यस्त भरिभराउ
वा हेर्नै नसक्ने अभेद्य भीड होला
तर हुनेछ यहा एउटा गजल रेस्त्रा
वा हुनेछ कुनै विशाल पुस्तक मल ।
०००
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्रामा कुनै गायिकाले
गालिबकै गजल गाएर गाहकी बढाउलान् वा हुनसक्छ
त्यो गगनचुम्बी भवनको पुस्तक मलमा कुनै सेल्सम्यानले
गालिबकै बोली बोलेर उनका दिवान-ए-गालिब
वा सीडी बेचिरहेका हुनेछन्
हुनसक्छ, त्यो सभाभवनमा, गालिबकै शतवाषिर्की मनाउादै गर्दा
कुनै मन्त्री भनिरहेका हुनेछन् …
गालिब अघिल्लो शताब्दीका महान् चित्रकार हुन् …
वा अरू के के ..
अनि बोल्दाबोल्दै झरेका उनका आासुलाई क्यामरामा कैद गर्न
क्यामराका लेन्सहरू तेस्रो विश्वयुद्ध रचिरहेका हुनेछन्
तर, कसैलाई थाहा हुने छैन
जहा त्यो गजल गाइादैछ
जहा त्यो दिवान-ए-गालिब बेचिंदैछ
जहा त्यो स्मृतिसभा हुादैछ
त्यही भवनको जगमा
गालिबको चिहान छ भनेर ।

नेपाल साप्ताहिक ३६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *