Skip to content

हराऊँथ्यो जवानीमा

  • by

बिहेबारी  कुरा चल्दा डराऊँथ्यौ जवानीमा
चियाई रुप ऐनामा हराऊँथ्यो जवानीमा  ।

लजाएरै उँडिदिन्थे निशानी वैँशको तिम्रो
कतै जिस्क्याउँदा रोई कराउँथ्यौ जवानीमा  ।

फकाई भावमा  बग्दै नयाँ साथीहरू बीच
नबन्ने काम  झन् फत्ते गराउँथ्यौ जवानीमा ।

पिलाई प्रीतको  प्याला घुमायौ लेक-बेशीमा
जमाना त्यो थियो तिम्रै रमाउँथ्यौ जवानीमा  ।

अहा ! मेरी पृया भन्दै दिवाना भै रमाएका
सुवेदीका  दिलैमा प्यास् भराउँथ्यौ  जवानीमा ।

विधाता छन्द बहरे हजज मुसम्मन सालिम  १६ अक्षर
य.र.त.म.य.गु .ऽऽऽ॥ऽऽऽ॥ऽऽऽ॥ऽऽऽ मफाईलुन् × ४ रुक्नमा
रत्ननगर-  १३ जयमङगला चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *