Skip to content

गोर्खालीहरूको सुबाहुबलले आर्जेको नेपाल हो
रम्छन् हिउँचुली रविकिरणमा विशाल हिमाल यो
खाली कागजमा खबरहरू भरिदिन्छौ सबै वर्गको
पर्खाइ छ सधैँ अधिरपनले तिम्रै मधुपर्कको ।

त्रसित छन् ती सबै अमानुषहरू ताजा खबरमा परी
संस्कृतिहरूको र रीतिहरूको राख्छौ जगेर्ना गरी
स्थापित कालदेखि यो आजतकमा चर्चित हरेक वर्षको
नगर, गाउँ अनि स्वराष्ट्रभरिमा तिम्रो मधुपर्कको ।

लागिपर्छ सदा खोजी र खबरी यो ज्ञान विज्ञानमा
इतिहास ठूलो बोकेको पहिलो यो ज्ञान प्रज्ञानमा ।
सत्य तथ्य अनि बिसुद्ध लिपिमा गहकिला तर्कको
फगत क्यै नगरी नजरभरिभरि तिम्रै मधुपर्कको ।

लहर पाठकका कतिकति भनुँ ती खोज्दछन् दिनदिन
ताजा शुद्ध अनि सचित्र रङले हुन्छ है रङ्गीन
कोसेली छ सधैँ हे पाठकहरू अमृतझैँ अर्काको
सुखद साथ रहोस् ती पाठक अनि तिम्रै मधुपर्कको ।

भड्किलो न कतै मीठो छ बहुतै कथा कहानीहरू
काव्य, कृति अनि ती लेख रचना थप्ने कि अझै बरु
महिमा छ कति भनुँ म यसको आभास छ स्वर्गको
नामै हो गोरखा नेपाली पहिचान तिम्रै मधुपर्कको ।

-गोंगवु, गणेशस्थान-६, काठ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *