Skip to content


आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो नोकरी भएबाट विदेश गई कुस्त कमाएर शहरमै घर बनाएर बसेको छ । त्यसैले नै धेरै समय देखि हाम्रो बीच भेटघाट भएको थिएन ।

एकदिनको कुरो हो, म बजार गएको थिएँ । हिड्दै गर्दा कसैले मेरो नाम सम्बोधन गर्दै बोलाएको आवाज सुनें, टक्क अडिएर र आवाज आर्एतर्फ नजर लगाएँ । परिचित झैँ लाग्ने आवाज ठम्याउन नसकेर नजरलाई डुलाएँ । त्यो आवाज एउटा महंगो गाडीको झ्यालबाट आइरहेको रहेछ । “कता हेर्छस हरि, म तेरो स्कूले साथी रमेश” । म एकछिन अलमल्ल परें र बल्ल याद भयो रमेश त शहरिया बनिसकेको छ, पक्कै उही हो । म ऊ तर्फनजिकिएं । बजारको भिड, गाडीको चापले गर्दा केही कुरा हुन सकेन र उसले मलाई भेट्को लागि भनेर भिजिटिङ्ग कार्ड दियो र भन्यो, “म कहाँ आउ, भेटघाट तथा गफगाफ गरौंला” भन्दै गाडीमा हुइकियो । मेरो मनमा अनेक तर्कना जाग्यो । ऊ सम्पन्न भएर पनि मलाई चाहि बिर्सेको रहेनछ, यसमा खुसी पनि लाग्यो । बजारको काम सकेर घर्रतर्फ लागें ।

मैले फोनबाट उसलाई सर्म्पर्क राख्दा, तिमी र भाउजू तथा बच्चाहरू सहित हामीकहाँ खाना खान आउनु भनेर खवर गरेपनि गाउँले जीवन खेतीपातीको कामको व्यस्तताले शहर बजारका झैँ त्यसरी कहाँ हिड्न मिल्छ र । आफू एक्लै जाने विचार गरेर निस्कन्छु । साथीको घर कहाँनिर हो, देखेको त छैन । तर पनि उसको घर भएको टोलको बारेमा केही जानकारी चाहिँ भएबाट त्यही टोलमा दिएको घर नम्बर खोज्दै जादा बताए अनुसारकै घर फेला पार्छु । बाटैसँग जोडिएको, ठूलो कम्पाउण्ड, ठूलो गेट, अनि बगैचा पनि सजिएको घर रहेछ । जब गेट नजिक पुग्छु र गेट ढक्ढकाउछु । एक्कासी कुकुरले झम्टौला झैँ गरेर कराएको आवाजले म नराम्ररी झस्कन्छु । गेट नजिकै वालमा एउटा बोर्ड टाँगिएको रहेछ, “कुकुरदेखि होसियार” । आफूलाई त सानैमा कुकुरले टोकेको, त्यसैले पनि कुकुरको नामैले पनि सातो जान्छ । कुनै निर्णाय लिन नसकी अलमल्ल परें । निकै समयसम्म बाहिरै बसी रहें कोही लिन आउँछन् कि भनेर, तर पनि कोही आएनन् । कतै शहरमा त्यस्तो कुनै माध्यम थियो कि बोलाउने, आफूले नजानेर यस्तो भएको हो वा साथी तथा आफन्तलाई बोलाएर ढोकामा कुकुर राखेर तर्साउने प्रवृति विकास भएको । बुझ्न पनि सक्दिन अनि भित्र पस्ने सहास पनि गर्न नसकेर फरक्क र्फकन्छु घर्रतर्फ । “कुकुरदेखि होसियार” भन्ने बोर्ड अनि साथीलाई संझदै ।

1 thought on “कुकुरदेखि होसियार”

  1. होनी पहिले पहिले पो हामी
    होनी पहिले पहिले पो हामी अतिथी भने पछी देउता मान्थ्यौ र यो शब्दको मान राख्थ्यौ “अतिथी देवो भव” आजकाल कहाँ त्यस्तो छ र आजकाल त अतिथी खेदो भव भई सकेको छ त्यसैले सिधै टोक्ने कुकुर वा साब्धान कुकुर देखी भनेर बोर्ड मा निकालेका हुन्छन कुकुर पाल्ने औकात कहाँ बाट होस तरै पनि कुकुर देखी साबधान। गजबको प्रसँग कोट्ट्याउनु भएको मा सकु जी धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *