कति राम्रो हेर चुँदी खोला
यहाँबाट कता जान्छ होला
छँग छँग गर्दै बग्छ यहाँ सफा पानी
पौडी खेल्दै रमाउछन् साना साना नानी
कहिले रीसाइ उर्ली आउछ चुँदी खोला
बन जङल बिनास हुँदा रीसायर होला
छैन यहाँ प्रदुशन कति मिठो पानी
मानिस र जनाबरले यही पानी खानी
जताततै प्रयोग आउछ उपयोगी पानी
यही पानी लगाउछन खेत बारीमा पनि
काजीदाइ
First published : 2009-11-21 14:10:38 +0545

कविता मिठो छ, आउदा दिनमा पनि
कविता मिठो छ, आउदा दिनमा पनि लेख्दै गर्नुहोला |
Thank you so much. dherai
Thank you so much. dherai paxi time milyo khole . comment padhda khusi lagyo