आँधी हुरी चल्ने शंकाले घेरेर मन बुजाईयो।
फाट्ला बिस्तारै बादल भनी थेरेर मन बुजाईयो।।
म त सोच्थेँ दुनियाँभरि म मात्र घाईते हुँ,
रगताम्मे भै रोई रहेका साथी हेरेर मन बुजाईयो।
सयौं मन्दिर धाएँ पनि बिन्ती कहिल्यै सुनेन,
सकिन्न मेट्न भावीले हिजो केरेर मन बुजाईयो।
जीतै-जीत मात्र पनि हुन्न जीवन कसैको,
दुख सुखको संघर्ष भनी तेरेर मन बुजाईयो।
धेरै रहेछ संसार यहाँ जिउन चाहनेहरूको,
आखिर पुग्ने ठाउँ नै फेरेर मन बुजाईयो।।
इन्द्र पुन(इन्द्रेणी)
