षडयण्त्रमा म होईन तिमी, फस्दा माईतीघर बसेँ।
“पारपाचुके गरौं” सुनी आँखा, रस्दा माईतीघर बसेँ।।
“साथ दिन्छु सातौं जनम”, यस्तै बाचा सबै भुली,
रात दिन भट्टीमा पिउँदै, बस्दा माईतीघर बसेँ।
गरीब छोरी दाईजो लिएन, तिमी त्यही निँहु पाई,
मुटु छिया-छिया हुने गरी, डस्दा माईतीघर बसेँ।
फुलिरहनेछु नै भन्थेँ, जनम-जनम तिम्रै शिरमा,
तर बचनको धारले काटेर, खस्दा माईतीघर बसेँ।
फूल होईन कसैको जीवन, टिप्दै फाल्दै गर्न पाईने,
गुराँस फाली गुलाब टिप्न, कस्दा माईतीघर बसेँ।
हत्छु तिम्रो दिलको घाउ, हाँस्दै बाँच्नु कसैसँग,
मेरो मनमा अनौंठो दया, पस्दा माईतीघर बसेँ।।
इन्द्र पुन
सुमन शर्माजीको “माइतै बस्ने श्रीमतीलाई पत्र” (गजल)को जवाफ
