Skip to content


सुख पाउने आशमा,
दुख झेल्दै बसेकी नारी तिमी
जीवनसँग सर्घष गर्दै,
लालावाला सम्हालेकी नारी तिमी
मनका सपना मनमै राखेर,
गन्तब्य विहिन यात्रा तय गरेकी नारी तिमी
सन्तानको भविष्यको चिन्ता गर्दै,
पौरखी हात पाखुरा खियाउन बाध्य नारी तिमी
हाँस्ने खेल्ने उमेरमा,
सिउँदो भर्न वाध्य पारिएकी नारी तिमी
जीवनको तरेलीमा रस भरिंदै गर्दा,
सिउँदो पुछिएकी नारी तिमी
भाग्यले साथ दिंदा दिंदै
ओझेलमा पारिएकी नारी तिमी
सामाजिक परिबन्धन ले गर्दा
बन्द भएको मुल सरह भएकी नारी तिमी

सन्तोष न्यौपाने
बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *