Skip to content

असमझदारीको संगालोमा

  • by


असमझदारीको संगालोमा
अल्झिएको विचार
नकारात्मक दृण्टिकोणले
समर्थन गरेको मष्तिस्क
जति सुधार गराउने प्रयास
अटूट रुपमा चले पनि
अन्तत शुन्य समय
एउटै हुँदो रहेछ।
लामो अन्तरालमा परदेशिएको
युवक साथमा परिवारसहित
आशा धेरै सपना ठूलो
तर
अड्चन बन्यो बाबुआमाको झगडा
२४ औं वर्षमा देख्नु परेको दृश्य
हास्याँस्पद एवम दुख लाग्दो क्षण
भोग्नुपर्दा अचम्मित हुनुपर्दो रहेछ ।
आखिर मात्र घर झगडा
सुधार को बाटो खोजिरहेको
तथापि
विवाहको लामो अन्तरालसम्म
निकाश हुन नसकेको
झाँगिएको सपना तुहिएको सपना
सधै एकै हुँदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *