तराईलाई चोट लाग्दा
हिमाल पहाडले साथ दिनु परेको छ
पहाडले खप्की-दप्की खाँदा
दुईतिरबाट तारेबार लगाउनुपरेको छ ।
हिमाल सधै हाँसिरहने
पीडालाई मनभित्र लुकाएर
हिमाली जनता सधै रोइरहने
हिमालको दुख देखाएर
अशान्तिको सास फेर्दा
तराईले मागिरहेछ गुहार
पहाड नि अछुतो रहेन अब
छाउँदैछ उसमा अशान्ति को मुहार
उठ नेपाली जनताहरु
तराई पहाड जोगाउनलाई
जाग मातृभूमिको आँशु देख्नेहरु
नेपाल आमाको अस्तित्त्व बचाउनलाई ।
छिमेकीले दिएको अटुट चोटलाई
सहन गहारो भयो तराईलाई
खप्न नसकी सन्तानले दिएको पीडालाई
बचाउ आत्महत्या गर्न बाट पहाडलाई
रगतको खोलाले धुवाको रासैले
पहाड तराईलाई क्यान्सर भएको छ
रोग निर्मुल पार्न नदिएको ध्यान कसैले
अब सबै मिली फर्काउने बेला आएको छ ।
सन्तोष न्यौपाने
बेल्जिएम

यहा खाली साथ खोज्नेहरु
यहा खाली साथ खोज्नेहरु मात्र भए
साथ दिनेहरु कोहि भएन
एउटा रुदा अर्को हास्ने मात्र भए
सान्त्वना दिने कोहि भएन
एउटा काटिदा ठिक्क पर्यो भन्ने मात्र भए
आफ्नो पनि पालो आउछ भनि सोच्ने कोहि भएन
पैसाको लागि रगतको भल बगाउने दुष्टात्माहरु जन्मिए
तर पैसाको महत्व बुझ्ने कोहि भएन
तेही पैसाले आफ्नो अन्त्य हुन्छ भनि सोच्ने कोहि भएन
केशब घिमिरे
http://www.myaawaz.com