साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा?
मैले भन्छु बुद्धले हिँजो शान्ति छरेको देशमा।।
सुस्ता टिष्टा काली सम्झी रुन्छौं हामी आज पनि,
मै हुँ जेठो छोरो भनी आमालाई नै हरेको देशमा।
मिल्नु पर्थ्यो सबै परिवार घरको ईज्जत राख्नलाई,
खुसी दिन्छु आमा भनी दाइभाइ लरेको देशमा।
चल्दैछ हुरी जोडले अझ समाली राख्ने छोरा छैन्न्,
छुट्टिने होकी बुद्धसँग सगरमाथा डरेको देशमा।
सम्झाए उनी पुस्तौं पुस्ता तर अझ कोही सुन्दैन,
रिसाई हामीसँग आज बुद्ध अन्तै सरेको देशमा।
निरास हुदै भन्छ साथी ब्युँझनु पर्यो निद्राबाट,
समय अझै घर्केको छैन सुर्य ग्रहण परेको देशमा।

So nice gajala indra g, keep
So nice gajala indra g, keep it up.
Indra pun bhai gajal le
Indra pun bhai gajal le majale jhapad haneko chha paribesh laai keep it up.
it s very nice gazal . wish
it s very nice gazal . wish you will creating more better gazal on future.
पढनु हुने र पढेर प्रतिकृया
पढनु हुने र पढेर प्रतिकृया दिनुहुने
सम्पूर्ण साहित्यप्रेमी साथीहरुमा धेरै धेरै धन्यबाद
इन्द्र पुन