Skip to content


फेरि आज पँधेरीमा कुरा चल्यो भन्छन
जोड़ी हाम्रो देखेर नै शीत जल्यो भन्छन,

खोट लाउने ठाउँ छैन, हिउँभन्दा चोखो छ रे !
प्रेम होस् त यस्तो नै औंसी जल्यो भन्छन,

उधिन्थ्यो कोही खुकुरीनै प्रेम छिनाउनलाई,
हारेर खलनायक ऊ आफैं ढल्यो भन्छन

भलादमी कुरा चल्दा साथी-भाइ बिचमा,
मक्किन्न यो प्रेम घाम-पानी छल्यो भन्छन

मनहरू त अवश्य फ़ुल्छन प्रेमको स्पर्शले,
फुलेर यो प्रेम ढुंगा पनि फल्यो भन्छन॥

2 thoughts on “शीत जल्यो !”

  1. सारै राम्रो छ याम जी
    सारै राम्रो छ याम जी गजल
    इन्द्र पुन

    1. धन्यवाद, ईन्द्र जी,
      म पनि

      धन्यवाद, ईन्द्र जी,
      म पनि तपाईंको रचना पढ्दै छु, कमेन्ट अवश्य लेख्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *