सुर बिना गुन्जिएको गीत कस्तो कस्तो
भोकायर अघाउने त्यो धित कस्तो कस्तो
धरैसँग पर्तिस्पर्धा हारे त के भो
मैदानको एक्लो धाबक जित कस्तो कस्तो
काकाकुल पनि बिना भोकै मर्न थाले
चैतमासमा घैला भर्ने शित कस्तो कस्तो
चाहिदा खेरि नाता गोता मन संमान कति
नचाहिदा लगायको मित कस्तो कस्तो
सन्तोष छैन जीवनभरि न त माया नत प्रेम
चितामाथि कोलाहलको प्रीत कस्तो कस्तो
syanghasahitaya.wordpress.com

Santosh ji Gajal marmik lagyo
Santosh ji Gajal marmik lagyo subhakamana chha aauda din ma Ajah gahakila kosheli bokera majherima Aaunuhola…
yo sher ramro lagyo..
काकाकुल पनि बिना भोकै मर्न थाले
चैतमासमा घैला भर्ने शीत कस्तो कस्तो
nice feelings….
nice feelings….