Skip to content

धेरै भयो

  • by


सपनीमा मैले उनलाई, नहेरेको धेरै भयो।
अनि मनका कुरा पनि, नकेरेको धेरै भयो।।
 
आफ्नै छिन कि पराई भईन, केही थाहा छैन,
चैनको सास पनि मैले, नफेरेको धेरै भयो।
 
भन्न त भन्थिन आफै, सातौं जन्म तिम्रै,
तर पनि यो मनले, नतेरेको धेरै भयो।
 
खडेली छ जीवन मेरो, अनि बिना साच्ची,
पानी पार्न कालो मेघले, नघेरेको धेरै भयो।
 
कहाँ उडी कहाँ बसे, झरी बाडलको बाध्यताले,
दुई पंछी गुँड बनाउन, नखेरेको धेरै भयो।।
 
इन्द्र पुन
रुकुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *