Skip to content

प्यारो खादबारी बजार


चारैतिरबाट डाँडाकाँडा हरियाली
बिचमा खाँदबारी बजार
रमणीय बजार हेर्न धाउछन लेकका
युवा-युवती लाख-हजार

त्यहाँ पुग्दा हजुर सारा दु;ख बिसाउने
मनकामनाको मन्दिर हरियो बन
सयपत्री र मखमली फूलले चोरी
लान्छ सबको मन हजुर लान्छ सबको मन
झ्याउरे लोक दोहोरी बाजाले
घनकिन्छ बजार

प्रेमी-प्रेमीकाको एकादसीमा लाख-हजार
मनकामना मेला हेर्न उस्तै धाउँछन् हजार
सधै भरी सम्झी हर्छ मेरो
प्यारो खाँदबारी बजार

योगेन्द्र जोगी संघर्ष
धुपू-१ लेब्रांग
संखुवासभा कोशी- नेपाल

3 thoughts on “प्यारो खादबारी बजार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *