तिम्रा मधुर मुस्कानहरू
ती लाली ओठका हाँसोहरू
फिस्स हाँस्दा चम्कने दाँतहरू
तातोतातो वाफ दिने स्वासहरू
मबाट टाढाटाढा भइरहेछन्
तिम्रा न्याना स्पर्शहरू
मीठो मधुर बोलीहरू
लहराउने काला केशहरू
गहिरा नयनहरू
कल्पनामा मात्र सिमित भइरहेछन्
हाम्रो प्यारको निशानी
छातिमा टाँसी आनन्द लिन
च्याँको मीठो आवाजसुन्न
बाबाको सम्बोधन सुन्न
बन्चित भइरहेको छु
तिम्रा पाइलालाई साथ दिँदै
तिम्रा हातका मीठा परिकार चाख्न
तिमीले सजायको शयनकक्षमा बिताउन
तिम्रा हातमा हात राख्न
आज छुटिरहेका छन् ।
तिम्रा हरसाथहरू
स्पर्शी हातहरू
सँगै बिताएका रातहरू
सँगै खाएका गाँसहरू
कताकता सम्झनामात्र बाँकी छन्
यो विदेशी भूमिमा
अफ्रिकी युद्घग्रस्त मुलुकमा ।
No bad post, write more
No bad post, write more