हराएका मान्छे भेटिए भटाभट हो, थुपैैर मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथ्यो । हिजोआज ती भेटतै छु बिस्तारै-बिस्तारै ।
सूचनाको जालोले नबेरएिको घर रहेन । खबरको अँगालोबाट अलगगिएको पिँढी अछुतो रहेन । अनि घर र पिँढीबाट डोरिएर पुगेका परेलीले मौनतामा बाँधने कुरै भएन ।
मेरा आँखामा उसतै-उसतै छ समयको इन्द्रेणी मैले त्यो इन्द्रेणीमा माझिएर, थपिएर, गुजुलटिएर अनि मिसिएर नयाँ मौसम भितरिरहेको कुतीकुती पढिसकेको छैन । समयले किन कुथरयो मलाई ∕ ऊ सूचनाको नयाँ लुगामा आइसकेछ ।
म त उसलाई बूढो हुलाकीका सवाँ-सवाँमा खबर परखिरहथे, ऊ आइसकेछ फेसबुकमा हराउनेहरू चुपचापसँग हराउँथे काम खोजदै जानेहरू हराएका थिए लन्डनतिर । कामको भारले छोपिएका थिए सिड्नीतिर । दामको भोकले बिलाउँथे न्युयोर्कतिर । नोटको बोझले अलझिइएका थिए बेइजिङतिर ।
ती सबै भेटिन्थे फेसबुकमा ।
अचेल घरबाट साटसुटट जानेहरूलाई भेटिरहेछु अनेक रूपमा । देखिरहेछु अनेक ढंगमा । धेरै वरषको बेखबर अनुहार नजिक छ यतिखेर ।
मेरा छातीभरि थुपरै भुमरी उमारी-उमारी फेसबुकका तस्बिरले हुत्याउँछन जिज्ञासाहरू अपेक्षाहरू, सोधाइहरू । लामा र गहिरा कुरा आएका हुन्छन, पर… संसारबाट । मैले दिनै नसकने कुरा फेसबुकले बोकेर लयाएका कौतूहलले केरकार पार्छन । र, म हारेको पो छु त ।
“मामा, बन्द नहुने स्टोरको कमाइमा बाँचेको छु नि ” अस्टरेलियाको भानजाले फेसबुकमा जीवन पोखे ।
कृषिका तिनी मापाका थिए । हाँगा-हाँगा जोडेर नयाँ फलाउने खुबै खट्थे तिनी । बगरमा, बदाम, सखरखण्ड र गोल काँकरो तिनले फलाउँथे बालुवा जोतेर ।
“तक्मा त मन्त्रालयकै बाबुसाहेबले लाएछन ” भान्जाले आफनो विरकति फेसबुकमै पोखे ।
पौरखी भासिएर गएको एउटा सानो स्वर थियो यो । पसिनाको उपेक्षित बोली थियो यो । मसँग स्तब्ध हुने मनको तहमा थपियो अरू एक पंक्ति ।
फेसबुकमा भेटिनेहरू बढेकाबढेकै छन ।
तिनका सम्भाव्य जीवन र प्राप्ति म निरनतर पढिरहेकै छु । समयलाई भेटन र खोज्न दगुरेका परेली म हेरिरहेकै छु । अनन्त सपनाका खातमा तिनले उभिएर चाकाचुली खेलेको देखिरहेकै छु म ।
“काका, आमाको दाहसंस्कारमा आउन सकिनँ । हुने हुनामी भइहालयो । मैले अरू चुनौती भोग्नुपर्छ फर्के भने…” टोकियोमा रहेको भतिजो भन्दैछ फेसबुकमा ।
संवेदनाको सबभनदा नालायकी प्रतिकृया हो, मेरा निम्ति यो । वरतमानको पराजित अनुहारको शृंखलामा थप प्रमाण । हराइरहेको दृष्टि र अनयोल धुकधुकमा फेसबुकको यो भनाइ मार्मिक ठान्छु । जीवनभन्दा अर्को उजयालो तर्क र सिद्धान्त मान्नै सक्तिनँ म ।
कति छिटो-छिटो फडको छ प्रविधिको ।
हरेक मिनेटमा मैले किनेका विद्युतीय सामान पुरानिन्छन र घटेका मूल्यमा एकदमै सुविधा र सभ्यतालाई पार्छन असाध्यै सजिलो । छिनमा मेरो हातमा लयाइदिन्छ विज्ञानले नयाँ-नयाँ आविष्कार । नौलो सामग्रीले दिने आनन्दी । अनि सहज जीवनको उमंग ।
हिँडिरहेकै हो बाटो । तरिरहेको हो जँघार । काटेकै हो उकाली । चढाएकै हो फूलपाती ।
फेसबुकमा यी सबैबारे अरू नयाँ आँखा, भावना र विमरशले परगेलने शक्ति भेटिरहेको छ । अचममले ती सबैलाई छामछु म, अथरयाउँछु म र नियाल्छु म ।
मेरा कानमा तयो आवाज थियो- लिथोग्राफीको, टाइप्राइटरको । नपतयाउँदो हललाले उसको तीवरताले हामीलाई सघाएथ्यो । साँचचै सहज जीवन पारेथ्यो हिजोका दिनमा ।
आज अरू हजार पाइला अघि आएर फेसबुकमा मलाई छुटेका मनसँग भेटघाट गरििदएको छ । मेरो स्वतन्त्रताको महान मूल्यलाई आत्मसात गरेको मान्छु म फेसबुकले ।
“मलाई घ्यूचाकुको खूब याद आउँछ । याँ काँ पाउनु ती सवादिला खानेकुराहरू ”
बरलिनमा रहेको साथीले सांस्कृतिक कुरा लेखेछ फेसबुकमा ।
माघे संकरान्तिको ठिही छ । साथीले पोखेको औडाहालाई म फोटो खिचेर पठाउँछु र संवादलाई बयान गरछु पंक्तिमा । शब्दको उचाइ, गहिराइ र चौडाइ झन सर्वमानय भइरहेछ फेसबुकमा ।
एकमा एक घटाए एकै रहन्छ, महाकवि देवकोटाले भनेथे रे आफनो महानतम तर्क र सिद्धानतको व्याख्यानमा । वास्तवमा महामनाहरू खयालखयाल अनि खेलाँची बोलदैनन पनि, सौचदैनन पनि ।
अनन्त सम्बन्ध शृंखलामा आफनो परचिय गाँसिने फेसबुकको यो अद्भुत प्रविधि देवकोटाको व्याख्यान नजिक पुगेको ठान्छु म । मेरो परचिय वयापत पार्छ अनेकसँग जोडिएर, टाँसिएर अनि गाँसिएर ।
यतिखेर म कदापि टाढा छैन ।
मसँगै बस्तीमा लुकामारी खेल्नेहरू तननेरी उमेरमा विछोडिएका पनि अहिले भेटघाट फेरि बाक्लिएको छ । मसँगै बगरमा काँसका डाँठहरू चुसने पनि बैँशे बेलामा छुट्टिए पनि आजका दिनमा फेरि भएका छौँ एकै आँतका । आफनो छायाँ हाँसेको उमंगको बेला यो ।
मानिस हराउनु वा सम्बन्ध ओहरालो लागनु असाधयै चोटपूर्ण स्थिति मान्छु म । कति गहिराइ दुःखाइ वा संकटका पतरमा पाइला टेकनुपर्छ- एउटा मान्छे हराउँदा ।
समय, शरम, सौन्दर्य, सभ्यता र संसार चकमन्न बन्छ- मान्छे हराउँदा । मैले त्यस्तो पीडा पटक-पटक भोगेको छु । मनबाट भेटिएर गएका मानिसहरूको अभावले घरी-घरी व्याकुल भएको छु म ।
समाजको एउटा बेजोड मूल्य छ फेसबुकमा ।
भन्नु, सुन्नु वा सुनाउनु यी सूचनाका हिसाबले केही दरबिला पक्ष हुन । सामाजिक संसकारका बलिया सिँढी मानदै आएको तथय छ हामरै वरपर ।
त्यही कुरा व्यक्ति र सामाजिकी चासोमा पोखने – दुवै अधिकार पाएको छु मैले फेसबुकमा ।
यसरी प्रजातान्तरिक संस्कार सिकेँ प्रविधिबाट ।
उमेरको एउटा परहार र लखेटाइमा निकै परेँ म । ती जीवनका भयानक संघर्ण र रूपानतरणका क्षण मान्छु म । कति असरल्ल निर्णय र कति मौन प्राप्तिहरूका यी सबै चरणमा मैले गुमाएँ निकै मान्छेहरू ।
फेसबुकको त्यही जालोले एकपटक मान्छेसँग छुट्टिन नचहाने मेरो हृदयले पाएको छ प्रेमपूरण थपथपी ।
कारण त्यही हो- अनेक मान्छे, अनेक मन ।
यो एउटा मीठो स्मृतिले फेसबुकप्रति आस्था फैलाउँछ । धेरै हुन वा समूहगत वातावरणको ।
मेरो छिमेकी बच्चु भुजेल ।
ऊ कहिले जन्मियो, कहिले बढयो, कहिले हुर्कयो । पत्तो नभएको सहज वातावरणमा बच्चु सप्रियो । ठूलो परिवारमा आमा, काकी, ठूलीआमा वा अनेक काखमा शिशुव्य भयो सुखद, सुरक्षित र सस्नेही पनि ।
“हूलमा हुर्किन जत्ति आनन्दपूर्ण अरू के छ र ?”
उसको साधारण तर्क थियो ।
मेरा निम्ति यो अनौठो र अपत्यारिलो घरी-घरी हुन्छ । नहुने कुरा पनि भएन- सानो परिवारमा हुर्केपछि । संयुक्त परिवारमा हुर्किने मौका प्राप्त हुन सकेन मलाई ।
फेसबुक- अनुहारको एउटा अनन्यतम करमः ∕ मैले ती शृंखलाबाट महादेशका मौसम जान्न सकेको छु । मैले ती सम्बन्धहरूबाट महासागरका मनस्थितिहरू पढन सकेको छु । महादेश र महासागर त एउटै आँगनमा भेटिनु अझ अग्लो उपलब्धि हो ।
यतिखेरका मान्छेहरूलाई फेसबुक त्यही परचिय बन्दै छ दिनहुँ ।
मैले गृहकार्य सारेँ बिजुलेका कापीबाट । त्यही दिनदेखि ऊ र मेरो मन फाटयो । धेरै हिउँदले खोलाहरू संल्यायो ।
बिजुले आज खाडीको देशमा पहरा दिने काम गर्छ ।
मैले सूचनाको त्यही ताँतीमा उसलाई भेटेँ । उसले सनतरसत सिथतिलाई देखेँ । उसको विधवंसत दिनचरयामा उमिररहेको सन्त्रासको सिउँडी देखेँ ।
ख्यालख्यालमा करवीरेसँग ठोकाबाजी परेथ्यो ।
उसले मानेको नेता घ्यूबेचुवा थियो । मैले मानेको नेता तरबार बेचुवा थियो ।
हामरो असीम श्रद्धाका कारण तिनले बजाइरहे हामीलाई, जुधाइरहे हामीलाई अनि लडाइरहे । मुलुकका अनेक पँधेरामा बाझथयौँ हामी, गरामा जुधेथ्यौँ हामी, लडेथ्याँै हामी ।
कोरयिाबाट करवीरेले फेसबुकमा खबर पठायो, “हामीले देश चिनेछौँ, देशका हली चिनेन्छौँ ”
मैले धेरै दिनसमम दौँतरी गुमाउँदाको उकुसमुकुसलाई हुर्काएथे आफनो शरीरभरि । आज तथ्य कुरा जान्ने साथी जोरेँ त्यही सूचनाको चौतारीमा ।
हारेको लामो दिनलाई जितेको उतसाहमा साटिएको लागिहेछ ।
प्रत्येक दिन उही लागछ । परतयेक अनुहार उसतै लागछ । परतयेक समय त्यही लागछ । तर, भिन्न महत्व र मूल्यमा ती परस्थापित छन । तयसको परमाण बाहिरएिका मनले बोलेका निष्कपट सवरबाट जाान्दछु म ।
यो चेपटो ठानिएको पृथ्वी यतिबेला झन सानो र हत्केलाभरिको लगिरहेको छ मलाई । अपार मानिएको यो धरती झन-झन साँगुरिएर नजिक बनेको ठान्दैछु म ।
कारण सबभनदा सजिलो छ ।
टाढा कोही रहेन । रहन्छु भनेर नेपथयमा लुक्नेहरू पनि हरेकका खबर्दारीमा गएका छन ।
फेसबुक, यहाँनिर विज्ञान नहारेको परमाण भेटिनछ । “चौतारीमा बसेर धेरै परका अगला पहाडहरूमा आँखा बिसाएर डङरंग लडेको कुरा यो अपारटमेनटमा मिस गरछु ।”
पाँचपटकसमम अंग्रेजीमै फेल भएकी फत्तेमाया भेटिई फेसबुकमा । कता कसरी सियोल पुगी ऊ, खबर नखुलाए पनि- थाहा भो, देश कल्पेर भककानो छोड्नमा एक रहिछ ऊ पनि ।
“हामी धेरैले उतैका लाठेहरूसँग घरबार जोडयौँ । त्यततिकै हो नि भरबार त ”
फततेमाया यो कुरा फेसबुकमा पढेपछि अर्थहरूको पछि कुँदे निकै नै ∕ शब्दको सामर्थ्य हेरेँ ।
अर्थको आयाम मनबाट मस्तिष्कतिर सारेँ ।
आँखा लागने अनुहारमा सुरक्षा कालो टीका लगाउने किशोरीजस्तो दर्शन पाल्दैछु ।
तर, गाजल लगाएर आँखै मन पर्यो रे दुनियाँलाई एउटै थालमा भात खानेहरू भेटिन्छन । एउटै पिङमा लठारिनेहरू भेटिन्छन । एउटै पाटीमा अक्षर कोरनेहरू भेटिन्छन । एउटै उखु दुईतिर चुस्नेहरू भेटिन्छन । एउटै सिरानी दुईतिर बाँडेर सुत्नेहरू भेटिन्छन ।
फेसबुकमा यी सबै अनुहार भेटिन्छन पटक-पटक ।
कोही न कोही कतै न कतै कसै न कसै सम्बन्धमा उनिएर आउँछन । तिनको आगमन सहसा जति हुन्छ- ती कुनै समय जयादै रहस्यमयी भाए हराएथे । चुपचाप हराउनेहरू यतिबेला ठूलो होहललासँग भेटिरहेछन फेसबुकमा ।
देशब्ाट पराधयापकहरू हराएथे । कलाकारहरू बेपततिएथे । वैजञानिकहरू लपता भएथे । शिकषकहरू लुपत भएथे । कविहरू बिलाएथे ।
देशबाट परदेश पस्ने अनुहारको खोजी उही आफ्नाहरूका लागि खल्लो भयो, धेरैपटक । हारगुहार कतिन्जेल गरने ? हराउनेहरू बोलदैन थिए । हराएको ठान्नेले उत्तर नपाएको तीतो समय आउँथ्यो, फेरि पनि आइरहनथ्यो ।
नयाँ खबर धेरै थियो देशमा ।
मानिसबाट मान्छेको तह गिरेको अतिशय चोट बढिरहेको थियो जताततै । मैले सहर र बसतीका धेरै गोरेटोमा हराएका मान्छेको तस्बिर टाँसेका थिएँ । मैले घना बसती र आवादी बजारबाट नामी-नामी अनुहार सुटुकक अनतै गएको जानकारी पाएँथेँ ।
के रोकने सीमा छैन ?
यो अकलपनीय सोधाइ धेरैपटक भएकै थियो । नआउने उततर हो भनने देशको सबै भागमा परशन थियो । तैपनि जिज्ञासा अनेक रूपमा आएर चक्कर लाउँथ्यो ।
फेसबुकमा एउटा संयोजित वाकय पढछु-
“संसार चिनेर आउँदैछु ”
हराएकाहरू यति अनेक अवतारमा भेटिन्छन । संसारका ठूलाठूला सहरमा तिनका ओठ चलेका छन । भवय महानगरमा तिनका पसिना निकलिरहेका छन । दुनियाँका विराट बजारमा तिनका मस्तिष्क खिइरहेका औँलाका वेग र मनको आवेग हेरदा लागछ, आगो छ, हुरी छ र कमप छ तिनको वर्तमानमा ।
फेसबुक भन्छ- बाहिरै छ ठूलो नेपाल।
नेपाल साप्ताहिक ३८२

facebook ko barya ma sahi
facebook ko barya ma sahi lekhnu bho naya gharayji bahirai cha thulo nepal ………….
facebook ko barya ma sahi
facebook ko barya ma sahi lekhnu bho naya gharayji bahirai cha thulo nepal ………….