Skip to content

आँसुका धाराहरुले


आँसुका धाराहरुले मेरो जीवन खाटो भयो
न बोल्ने न सुन्ने कानो अनी लाटो भयो

बेहोशीमा लड्यो मुटु वेदनाले छाती दुख्यो
छोडी गयौ र्निमोही न सम्हाल्ने बाटो भयो

एक्लै बसी रोईदिन्थें उनकै याद आउथ्यो
एक्लिएर मेरो जीवन अखडाको भाटो भयो

लुकाएर व्यथाहरु वषौ भयो बाँचेको म
विनासुर पाइला न बाटो न घाटो भयो

जोगिएर हिड्छु भन्दा मायाँप्रेम गर्ने संग
चाहाने नै धेरै भए बिनामेसै फाटो भयो

मनसुन
www.nepalkuwait.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *